पारमाणिक निःशस्त्रीकरणमा किम जोङ उन सहमत नभए बैठक छाड्ने ट्रम्पको घोषणा
सारांश
- काठमाडौैं, ६ वैशाख ।
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उन पारमाणिक निःशस्त्रीकरणमा सहमत नभए बैठक छाड्ने घोषणा गरेका छन् ।
- बिहीबार जापानी प्रधानमन्त्री सिन्जो आबेसँगको भेटवार्तामा उनले यस्तो बताएका हुन् ।
काठमाडौैं, ६ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उन पारमाणिक निःशस्त्रीकरणमा सहमत नभए बैठक छाड्ने घोषणा गरेका छन् । बिहीबार जापानी प्रधानमन्त्री सिन्जो आबेसँगको भेटवार्तामा उनले यस्तो बताएका हुन् ।
ट्रम्पले उत्तर कोरियाली नेता अनसँग आफूले गर्ने भनेको शिखर बैठक सफल हुने अपेक्षा गरेको पनि बताए । तर उक्त वार्ता विफल भए आफू सम्मानजनक ढंगले बैठकबाट बाहिरिने उनले उल्लेख गरे ।
ट्रम्पले उत्तर कोरियामा बन्दी बनाइएका तीन अमेरिकी नागरिकको रिहाइका लागि पनि वार्ता भइरहेको जनाएका छन् । यसअघि उनले अमेरिकी गुप्तचर निकाय सिआईएका निर्देशक माइक पोम्पेओले गोप्य रूपमा उत्तर कोरिया नेता किमलाई भेटेको पुष्टि गरेका थिए । उनले पोम्पेओले किमसँग ‘राम्रो सम्बन्ध’ कायम राखेको र सबै कुरा सहज ढंगले अघि बढिरहेको बताएका थिए । उक्त भ्रमण अमेरिकी र उत्तर कोरियाली अधिकारीबीच सन् २००० यता भएको सबैभन्दा उच्चस्तरको आदानप्रदान हो ।
राष्ट्रपति ट्रम्पले किमसँग आगामी जुन महिनामा शिखर बैठक गर्ने बताइएको छ । बैठकस्थलसहितका विस्तृत विषयहरूमा अझै छलफल चलिरहेका छन् । ट्रम्पले उत्तर कोरियाले पारमाणविक निःशस्त्रीकरण पूरा गर्नु विश्व र उत्तर कोरिया दुवैका लागि ठूलो उपलब्धि हुने पनि बताएका छन् ।
प्रतिक्रिया