बागमती प्रदेशले बढायो यातायातको भाडा (सूचीसहित)

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र ८, २०८०
|
|
२२ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं ।
  • बागमती प्रदेशभित्र सवारी भाडा वृद्धि भएको छ।
  • इन्धनमा मूल्यवृद्धि भएसँगै बागमती प्रदेशले सवारी भाडा समायोजन गरेको हो।

काठमाडौं । बागमती प्रदेशभित्र सवारी भाडा वृद्धि भएको छ। इन्धनमा मूल्यवृद्धि भएसँगै बागमती प्रदेशले सवारी भाडा समायोजन गरेको हो। भदौ ४ गते बसेको बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरीय निर्णयले भाडा समायोजन गरेको छ।

काठमाडौं उपत्यकाभित्र गुड्न सार्वजनिक सवारीमा ५ किलोमिटरसम्म १८ रुपैयाँ भाडा कायम गरिएकामा एक रुपैयाँ बढाएर १९ पुर्‍याइएको छ। उपत्यकामा १० किलोमिटरसम्म २६, १५ किलोमिटरसम्म ३१, २० किलोमिटरसम्म ३५ र २० किलोमिटरभन्दा माथिको दूरीमा ४० रुपैयाँ भाडा कायम गरिएको छ।

ट्याक्सी भाडा पनि बढेको छ। सुरू फ्याग डाउन ५२ रुपैयाँ कायम गरिएको छ। प्रति २०० मिटर १० रुपैयाँ ३४ पैसा कायम गरिएको बागमती प्रदेशको राजपत्रमा उल्लेख छ। प्रदेशभित्र चल्ने सार्वजनिक सवारीको पनि भाडा बढेको छ। काठमाडौं–नारायणगढको बस भाडा ४३३ रुपैयाँ कायम भएको छ। १४६ किलोमिटर दुरीको काठमाडौं–नारायणगढमा यसअघि ४२१ रुपैयाँ भाडा थियो।

काठमाडौं–नारायणगढ–हेटौंडासम्मको भाडा ६५५ रुपैयाँ कायम भएको छ। काठमाडौं–पनौतीसम्मको भाडा ९२ रुपैयाँ कायम गरिएको छ। काठमाडौं–बाह्रबिसेसम्मको भाडा ३०३ रुपैयाँ कायम  भएको छ। काठमाडौं–बल्खु–हेटौंडासम्मको भाडा ६४२ रुपैयाँ कायम भएको छ। नारायणगढ–धादिङबेसीसम्मको भाडा ३०६ रुपैयाँ कायम भएको छ। काठमाडौं–जिरीसम्मको भाडा १ हजार ३८ रुपैयाँ कायम भएको छ।

(https://fleshbot.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विद्युतीय पुस्तकालय विकास गर्दै कीर्तिपुर !
विद्युतीय पुस्तकालय विकास गर्दै कीर्तिपुर !
खुला हृदयका साथ नेपालमा लगानी गर्न आउनुस्, सरकारले सबै प्रकारको सहयोग गर्छः प्रधानमन्त्री दाहाल
खुला हृदयका साथ नेपालमा लगानी गर्न आउनुस्, सरकारले सबै प्रकारको सहयोग गर्छः प्रधानमन्त्री दाहाल
सिन्डिकेटको पक्षमा आन्दोलन गरे दर्ता खारेज गर्ने सरकारको घोषणा
सिन्डिकेटको पक्षमा आन्दोलन गरे दर्ता खारेज गर्ने सरकारको घोषणा
प्रदूषणबाट उत्पन्न समस्याको दिगो समाधानका लागि पूर्वराष्ट्रपति भण्डारीको आग्रह
हेलम्बुमा बञ्जीजम्प निर्माण गरिने
हेलम्बुमा बञ्जीजम्प निर्माण गरिने
राष्ट्रपति निर्वाचनमा मतदान शुरु
औषधि व्यवसायी सङ्घमा नयाँ नेतृत्व
औषधि व्यवसायी सङ्घमा नयाँ नेतृत्व
आखिर हामी आत्मनिर्भर कहिले बन्ने ? खोलो आउँदा पनि गेट खोल्दे भन्नै पर्ने ?
आखिर हामी आत्मनिर्भर कहिले बन्ने ? खोलो आउँदा पनि गेट खोल्दे भन्नै पर्ने ?
दुई वर्षमा ३२६ छोरीका खाता
दुई वर्षमा ३२६ छोरीका खाता
मतदातालाई चकलेटमा फकाउदै दल, चकलेटकै खोलमा कांग्रेस र लोसपाको चुनाव चिह्न
मतदातालाई चकलेटमा फकाउदै दल, चकलेटकै खोलमा कांग्रेस र लोसपाको चुनाव चिह्न

तपाईंले छुटाउनुभयो कि?