प्रदूषणबाट उत्पन्न समस्याको दिगो समाधानका लागि पूर्वराष्ट्रपति भण्डारीको आग्रह

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ २२, २०८०
|
|
१६ पटक हेरिएको
Shares

सारांश

  • काठमाडाैं ।
  • पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्लास्टिकजन्य प्रदूषणबाट उत्पन्न समस्याको दिगो समाधानका लागि दृढ सङ्कल्प गर्ने समय आएको बताएकी छन् ।
  • विश्व वातावरण दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै पूर्वराष्ट्रपति भण्डारीले प्लास्टिकजन्य फोहरको उचित व्यवस्थापन र पुनःप्रयोगलाई सुनिश्चित गर्न फोहर सङ्कलन तथा व्यवस्थापन पूर्वाधारलाई सुदृढ गर्नुपर्नेमा जोड दिइन् ।

काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्लास्टिकजन्य प्रदूषणबाट उत्पन्न समस्याको दिगो समाधानका लागि दृढ सङ्कल्प गर्ने समय आएको बताएकी छन् ।

विश्व वातावरण दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै पूर्वराष्ट्रपति भण्डारीले प्लास्टिकजन्य फोहरको उचित व्यवस्थापन र पुनःप्रयोगलाई सुनिश्चित गर्न फोहर सङ्कलन तथा व्यवस्थापन पूर्वाधारलाई सुदृढ गर्नुपर्नेमा जोड दिइन् ।

पूर्वराष्ट्रपति भण्डारीले वातावरण प्रदूषणका विभिन्न कारणले मध्ये प्लास्टिक पनि भएको र यो वातावरण र मानव जीवनका लागि ठूलो खतराको रूपमा देखा परेको बताइन् ।

उनले यति हुँदाहुँदै पनि यो निराशाको समय नभएको बरु समस्याको दिगो समाधानका लागि दृढ सङ्कल्प गर्ने समय भएको बताइन् ।

वातावरण संरक्षणका लागि विश्वमै राजनीतिक र सामाजिक जनचेतना जगाउने उद्देश्यका साथ संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक वर्ष जुन ५ लाई ‘विश्व वातावरण दिवस’का रूपमा मनाउन सुरु गरिएको हो ।

यो वर्ष ‘प्लास्टिक प्रदूषणको समाधान’भन्ने मूल विषय र ‘प्लास्टिक प्रदूषणलाई हराऔँ’ भन्ने अभियान नाराका साथ विश्वभर यो दिवस मनाइँदैछ । नेपालमा पनि हामी ‘प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने राष्ट्रिय सङ्कल्पका साथ यो दिवस मनाउन लागिएको छ ।

(Valium)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विदेशमा रहेका युवालाई स्वदेशमै अवसर सृजना गर्न प्रधानमन्त्री ओलीको आग्रह
विदेशमा रहेका युवालाई स्वदेशमै अवसर सृजना गर्न प्रधानमन्त्री ओलीको आग्रह
सीमा क्षेत्रमा प्रदर्शनमा उत्रिएका नेपाली र भारतीयबीच झडप
सीमा क्षेत्रमा प्रदर्शनमा उत्रिएका नेपाली र भारतीयबीच झडप
कृष्णबहादुर महराको उपप्रधानमन्त्री पद दंगालीको हातमा
कृष्णबहादुर महराको उपप्रधानमन्त्री पद दंगालीको हातमा
४ लेनको बाटोमा घण्टौँ जाम, कारण – ट्राफिक प्रमुखदेखि भान्छेसम्मको सरुवा !
४ लेनको बाटोमा घण्टौँ जाम, कारण – ट्राफिक प्रमुखदेखि भान्छेसम्मको सरुवा !
राष्ट्र विखण्डनको आवाज उठ्दा प्रधानमन्त्रीको मौनता र निरिहता दुर्भाग्यपूर्णः कमल थापा
राष्ट्र विखण्डनको आवाज उठ्दा प्रधानमन्त्रीको मौनता र निरिहता दुर्भाग्यपूर्णः कमल थापा
भाँडा बनाउन कालिगढ अभाव भएपिछ व्यापार व्यवसाय फस्टाउन सकेन
भाँडा बनाउन कालिगढ अभाव भएपिछ व्यापार व्यवसाय फस्टाउन सकेन
बढ्दैछ मौरीपालनमा किसानको आकर्षण
बढ्दैछ मौरीपालनमा किसानको आकर्षण
माधव नेपाल र बाबुराम भट्टराईलाई कारबाही गर्नुपर्छ, केपी ओलीले विष्णु पौडेल र कुमार रेग्मीको राजीनामा गराउनसक्नुपर्छ(कृष्ण पहाडी (भिडियोसहित)
माधव नेपाल र बाबुराम भट्टराईलाई कारबाही गर्नुपर्छ, केपी ओलीले विष्णु पौडेल र कुमार रेग्मीको राजीनामा गराउनसक्नुपर्छ(कृष्ण पहाडी (भिडियोसहित)
Flash News : ट्रीफरको ठक्करबाट चाहबिलमा एक महिलाको मृत्यु !!!
Flash News : ट्रीफरको ठक्करबाट चाहबिलमा एक महिलाको मृत्यु !!!
ह्युम पाइप गुड्दा च्यापिएर एक बालकको मृत्यु, ३ घाइते
ह्युम पाइप गुड्दा च्यापिएर एक बालकको मृत्यु, ३ घाइते

तपाईंले छुटाउनुभयो कि?