भारतले जित्यो साफ च्याम्पियनसिपको उपाधि

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन १४, २०८०
|
|
३६ पटक हेरिएको
Shares
भारतले जित्यो साफ च्याम्पियनसिपको उपाधि

सारांश

  • काठमाडौं।
  • उनाइस वर्षमुनि (यु–१९) पुरुस साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतले जितेको छ ।
  • त्रिपुरेश्वोरस्थित दशरथ रङ्गशालामा भएको फाइनल खेलमा भारतले पाकिस्तानलाई ३–० गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

काठमाडौं। उनाइस वर्षमुनि (यु–१९) पुरुस साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतले जितेको छ ।

त्रिपुरेश्वोरस्थित दशरथ रङ्गशालामा भएको फाइनल खेलमा भारतले पाकिस्तानलाई ३–० गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो । यससँगै साफ यु–१९ च्याम्पियनसिपको उपाधिमा भारतले ह्याट्रिक गरेको छ । यसअघि सन् २०१९ र २०२२ को साफ च्याम्पियनसिपमा भारत च्याम्पियन बनेको थियो ।

भारतको जितमा मालिङथन किप्गेनको दुई गोल गरे भने गोगमसिर गोयारीले एक गोल गरे । खेलको ६४औँ मिनेटमा किप्गेनले गोल गर्दै भारतलाई सुरुआती अग्रता दिलाए । त्यस्तै उनैले खेलको ८५औँ मिनेटमा फ्रिकिकमार्फत गोल गर्दै भारतको अग्रता दोब्बर पारे । त्यसपछि गोगमसिर गोयरीले खेलको दोस्रो हाफको अतिरिक्त समयमा हेडमार्फत गोल गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?