शैक्षिक क्षेत्रको सुधारका लागि सरकारले कुनै कसर बाँकी राख्दैन : प्रधानमन्त्री

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख २६, २०८०
|
|
३८ पटक हेरिएको
Shares
शैक्षिक क्षेत्रको सुधारका लागि सरकारले कुनै कसर बाँकी राख्दैन : प्रधानमन्त्री

सारांश

  • काठमाडौँ ।
  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको शैक्षिक क्षेत्रको सुधारका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन् ।
  • नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिले आज प्रधानमन्त्री निवास बालुवाटारमा बुझाएको ज्ञापनपत्र बुझ्दै उनले विगतदेखि नै थाती रहेका केही विषयमा सरकारले स्पष्ट दृष्टिकोणका साथ निर्णय गर्ने बताए ।

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको शैक्षिक क्षेत्रको सुधारका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन् । नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिले आज प्रधानमन्त्री निवास बालुवाटारमा बुझाएको ज्ञापनपत्र बुझ्दै उनले विगतदेखि नै थाती रहेका केही विषयमा सरकारले स्पष्ट दृष्टिकोणका साथ निर्णय गर्ने बताए ।

प्रधानमन्त्री दाहालले शिक्षकका समस्याका बारेमा आफू जानकार रहेकाले सम्बोधनको पहल गर्ने बताएको एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका अध्यक्ष शङ्कर अधिकारीले जानकारी दिए । उनका अनुसार महासङ्घले उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्न, सङ्घीय शिक्षा ऐन तत्काल जारी गर्न र आगामी आर्थिक वर्षको बजेटमा शिक्षक कर्मचारीका माग पूरा गर्न प्रधानमन्त्रीसमक्ष माग गरिएको छ ।

महासङ्घले विशेष गरी शिक्षा क्षेत्रका लागि कूल बजेटको २० प्रतिशत बराबरको रकम लगानी गर्न माग गरेको छ । विद्यालयमा कर्मचारीको दरबन्दी सिर्जना गरी विद्यालय कर्मचारीलाई दरबन्दी अनुसारको तलबभत्ताको प्रबन्ध गर्न, शिक्षक कर्मचारीको तलबभत्ता मासिक रुपमा उपलब्ध गराउन तथा शैक्षिक गुणस्तर वृद्धिका लागि पेसागत एवम् विषयगत तालिमको प्रबन्ध गर्न माग गरिएको अध्यक्ष अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मकवानपुरमा स्वास्थ्य शिविर, निःशुल्क उपचारसँगै सामाजिक सहयोग
मकवानपुरमा स्वास्थ्य शिविर, निःशुल्क उपचारसँगै सामाजिक सहयोग
म संसारकै सबैभन्दा ‘लक्की’ अभिनेत्री :केकी अधिकारी
म संसारकै सबैभन्दा ‘लक्की’ अभिनेत्री :केकी अधिकारी
मेलम्चीको पानी प्रशोधन केन्द्रको परीक्षण सफल
मेलम्चीको पानी प्रशोधन केन्द्रको परीक्षण सफल
काभ्रेपलाञ्चोकमा ८ वटा हेलिकप्टर धान खेतमा आकस्मिक अवतरण
काभ्रेपलाञ्चोकमा ८ वटा हेलिकप्टर धान खेतमा आकस्मिक अवतरण
‘गाउँघरमा चिकित्सक कार्यक्रम’ प्रभावकारी
‘गाउँघरमा चिकित्सक कार्यक्रम’ प्रभावकारी
रंगशाला निर्माणका लागि महायज्ञबाट ५० करोड संकलन गरिने
रंगशाला निर्माणका लागि महायज्ञबाट ५० करोड संकलन गरिने
स्थानीय निर्वाचनमा महानगरपालिकामा गठबन्धनले यसरी गर्दैछ भागबण्डा
स्थानीय निर्वाचनमा महानगरपालिकामा गठबन्धनले यसरी गर्दैछ भागबण्डा
मुलुकको हित हुन्छ भने संविधान संशोधन हुन्छ ! अोलि
मुलुकको हित हुन्छ भने संविधान संशोधन हुन्छ ! अोलि
केपी ओलीलाई पूर्वराजा जस्तै बनाइदिने देउबाको चेतावनी
केपी ओलीलाई पूर्वराजा जस्तै बनाइदिने देउबाको चेतावनी
प्रदेश सरकारले छुट्टै खेलुकद विकास समिति गठन गर्ने केन्द्र सरकारलाइ चेतावनी
प्रदेश सरकारले छुट्टै खेलुकद विकास समिति गठन गर्ने केन्द्र सरकारलाइ चेतावनी