दशैँ नजिकिएसँगै आन्तरिक उडान भरिभराउ

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन २४, २०८०
|
|
४३ पटक हेरिएको
Shares
दशैँ नजिकिएसँगै आन्तरिक उडान भरिभराउ

सारांश

  • काठमाडौँ ।
  • दशैँ नजिकिएसँगै आन्तरिकतर्फ हवाई यात्रुको चाप बढेको छ ।
  • दशैँ मनाउन हवाई मार्गबाट थातथलो फर्कनेको सङ्ख्या बढेसँगै ८० प्रतिशत हवाई टिकट अग्रिम बुकिङ भइसकेका छन् ।

काठमाडौँ । दशैँ नजिकिएसँगै आन्तरिकतर्फ हवाई यात्रुको चाप बढेको छ । दशैँ मनाउन हवाई मार्गबाट थातथलो फर्कनेको सङ्ख्या बढेसँगै ८० प्रतिशत हवाई टिकट अग्रिम बुकिङ भइसकेका छन् ।

काठमाडौँबाट उडान हुने गन्तव्यमध्ये केही गन्तव्यमा दसैँसम्मका सबै टिकट बुक भइसकेका छन् भने उपलब्ध टिकटमध्ये महँगो हवाई भाडा भएका गन्तव्यका मात्रै टिकट उपलब्ध छन् ।

बुद्ध एयरका प्रवक्ता दीपेन्द्रकुमार कर्णका अनुसार हवाई यातायाततर्फ सार्वजनिक यातायात जस्तो ठ्याक्कै यो दिन टिकट खुल्ने भन्ने व्यवस्था नरहेकाले यात्रुले सस्तो दरका सबै टिकट काटिसकेका छन् । उनले भने, “बुद्ध एयरको सुर्खेत र तुम्लिङटारको टिकट दसैँसम्मलाई नै प्याक भइसकेको छ । अन्य गन्तव्यतर्फ दसैँसम्मका २० प्रतिशत टिकट बाँकी नै छन् ।”

अग्रिम टिकट काट्नेले सस्तो र तुरुन्तै टिकट काटेर उड्न चाहनेले महँगो टिकट लिन सक्ने भएकाले महिना दिन पहिलेदेखि नै दशैँका टिकट लिनेसमेत रहेको उनले बताए । दसैँका बेला राजधानीबाट बाहिरिने उडान भरिभराउ भए पनि राजधानी फर्किने उडानको टिकट लिनेको सङ्ख्या भने न्यून रहेको उनले बताए । अहिले राजधानी फर्किनेले टिकट सस्तो दरमा पाइरहेको समेत उनको भनाइ छ ।

त्यस्तै यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार दशैँ लक्षित यती एयरका ६० प्रतिशतभन्दा बढी टिकट बिक्री भइसकेका छन् । दशैँपछि राजधानी फर्कने यात्रुले अहिले नै अग्रिम टिकट काट्न थालेकाले दशैँपछि समेत राजधानी फर्कन अहिलेकै अवस्था रहने उनले बताए ।

अहिले अन्तर्राष्ट्रियतर्फ मात्रै ४० हाराहारीमा उडान थप गरिएकाले बढ्दो एयर ट्राफिकका कारण जहाजको उडान समय खर्चसमेत बढ्न गएको उनको भनाइ छ । हाल भैरहवा, पोखरा, जनकपुर, विराटनगर, धनगढीलगायतका गन्तव्यका उडानमा बढी चाप रहेको उनले बताए ।

बुद्ध एयरका अनुसार घटस्थापनासम्मका लागि काठमाडौँदेखि धनगढीसम्म दशैँका लागि अधिकतम भाडादर १७ हजार एक सय ८६ रुपियाँ रहेको छ । उक्त गन्तव्यमा अहिले सहुलियत भाडादर ११ हजार रुपियाँ रहेको छ । त्यस्तै सुर्खेतको महँगो भाडादर १४ हजार १६८, काठमाडौँदेखि सबैभन्दा नजिकको सिमरा र भरतपुरमध्ये सिमराको महँगो भाडा दर चार हजार नौ सय रुपियाँ छ भने भरतपुरको अधिकतम भाडा चार हजार ६१ रुपियाँ रहेको छ ।गाेरखापत्रबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्रीहरु हटाउन ओलीलाई पार्टीभित्रैबाट चर्को दबाब
मन्त्रीहरु हटाउन ओलीलाई पार्टीभित्रैबाट चर्को दबाब
विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ४० घाइते
विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ४० घाइते
अबको प्रधानमन्त्री मै हुँ, अहिले ओलीले छोड्ने कुरै नगरौँः प्रचण्ड
अबको प्रधानमन्त्री मै हुँ, अहिले ओलीले छोड्ने कुरै नगरौँः प्रचण्ड
खेलकुदलगायत सबै पूर्वाधार अपाङ्गमैत्री बनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
खेलकुदलगायत सबै पूर्वाधार अपाङ्गमैत्री बनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
दुइटा न्यारो बडीमा पनि ‘अनियमितता’
दुइटा न्यारो बडीमा पनि ‘अनियमितता’
बलात्कारीको मृत्यु जेलमा तड्पीएर हुन्छ: सुदीप पाठक
बलात्कारीको मृत्यु जेलमा तड्पीएर हुन्छ: सुदीप पाठक
सुनचादीको भाउ आज पनि घट्यो
सुनचादीको भाउ आज पनि घट्यो
प्रधानमन्त्री देउवाद्वारा मतदान, बहुमतसहित जित शुनिश्चित भएकाे प्रतिक्रिया
प्रधानमन्त्री देउवाद्वारा मतदान, बहुमतसहित जित शुनिश्चित भएकाे प्रतिक्रिया
प्रधानमन्त्रीको भनाइले धार्मिक सहिष्णुतामा खलल ल्याउन सक्छः जितेन्द्र सोनल
प्रधानमन्त्रीको भनाइले धार्मिक सहिष्णुतामा खलल ल्याउन सक्छः जितेन्द्र सोनल
प्रचण्डले भने-हाम्रा दाह्रा, नंग्रा सबै भाँचिए, सबै माओवादीहरु मिलौं’
प्रचण्डले भने-हाम्रा दाह्रा, नंग्रा सबै भाँचिए, सबै माओवादीहरु मिलौं’