अघि अघि राष्ट्रपति, पछि पछि पूर्व राजा

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन ३१, २०७५
|
|
१८ पटक हेरिएको
Shares
अघि अघि राष्ट्रपति, पछि पछि पूर्व राजा

सारांश

  • बडा दशैको अवसरमा राष्ट्रप्रमुखले राजधानीका विभिन्न शक्तिपीठ गई पूजा आजा गर्ने परम्परा जस्तै बनिसकेको छ ।
  • अघिल्ला वर्षहरु जस्तै राष्ट्रपति विद्यादेवी भण्डारीले यो वर्ष पनि सो परम्परालाई निरन्तरता दिएकी छन् ।
  • अपरान्ह उनले उपत्यकाका चर्चित शक्तिपीठ पुगी दर्शन तथा पूजाआजा गरिन् ।

बडा दशैको अवसरमा राष्ट्रप्रमुखले राजधानीका विभिन्न शक्तिपीठ गई पूजा आजा गर्ने परम्परा जस्तै बनिसकेको छ । अघिल्ला वर्षहरु जस्तै राष्ट्रपति विद्यादेवी भण्डारीले यो वर्ष पनि सो परम्परालाई निरन्तरता दिएकी छन् । अपरान्ह उनले उपत्यकाका चर्चित शक्तिपीठ पुगी दर्शन तथा पूजाआजा गरिन् ।

यता, पूर्व राजा ज्ञानेन्द्र शाह पनि शक्तिपीठको दर्शन गर्ने क्रममा उपत्यकाका चर्चित शक्तिपीठ पुगे । नक्साल भगवती, मैतीदेवी, कालिकास्थान, नरदेवी, गुह्येश्वरी, शोभा भगवती, भद्रकाली लगायतका शक्तिपीठमा गई उनले पूजा आराधना गरे । पूर्व राजाभन्दा करिब १ घण्टा अघि राष्ट्रपति भण्डारी शक्तिपीठ पुगेकी थिइन् ।

पूर्व राजाले यो वर्ष शुभेक्षुकहरुलाई विजयादशमीको टीका समेत लगाई दिदैछन् । दिउँसो ३ बजे निर्मल निवासमा गई सुभेक्षुकले पूर्व राजाको हातबाट टीका ग्रहण गर्न सक्ने उनको नीजि सचिवालयले जानकारी दिएको छ । धार्मिक भ्रमणमा क्रममा भारतमा रहेका पूर्व राजा मंगलबार दिउँसो स्वदेश फर्किएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?