बढ्यो सुनको मूल्य
सारांश
- काठमाडौं ।
- नेपाली बजारमा सुनको भाउ फेरि १ लाख २० हजार नाघेको छ ।
- कारोबार साताको दोश्रो दिन स्थिर रहेको सुनको मूल्य कारोबार साताको तेश्रो दिन मंगलबार तोलामा ६०० बढेसँगै १ लाख २० हजार नाघेको हो ।
काठमाडौं । नेपाली बजारमा सुनको भाउ फेरि १ लाख २० हजार नाघेको छ । कारोबार साताको दोश्रो दिन स्थिर रहेको सुनको मूल्य कारोबार साताको तेश्रो दिन मंगलबार तोलामा ६०० बढेसँगै १ लाख २० हजार नाघेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा १ लाख १९ हजार ९०० रुपयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य १० रुपैयाँले बढेसँगै प्रतितोला १ हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया