राष्ट्रिय अखण्डतामा आँच पुग्ने विषयमा जनमत सोच्न पनि नमिल्ने : प्रम ओली
सारांश
- काठमाडौं ।
- प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अखण्डताका बिषयमा जनमत संग्रह हुनै नसक्ने बताएका छन् ।
- राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयको १८ औं बार्षिकोत्सवमा प्रधानमन्त्री ओलीले पृथकतावादी समुह सानो भए पनि त्यो विशाक्त हुने भएकोले त्यसलाई नियन्त्रण गर्नु सरकारको दायित्व भएको स्पष्ट पारे ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अखण्डताका बिषयमा जनमत संग्रह हुनै नसक्ने बताएका छन् । राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयको १८ औं बार्षिकोत्सवमा प्रधानमन्त्री ओलीले पृथकतावादी समुह सानो भए पनि त्यो विशाक्त हुने भएकोले त्यसलाई नियन्त्रण गर्नु सरकारको दायित्व भएको स्पष्ट पारे ।
“पृथकतावाद सानो भए पनि त्यो घातक हुन्छ । त्यसैले यसलाई सरकारले महत्व दिएर निस्तेज पारेको हो” प्रधानमन्त्री ओलीले भने, “राष्ट्रिय अखण्डताका बिषयमा जनमत संग्रह हुनै सक्दैन । यस बिषयमा कसैले चिन्ता नगरे हुन्छ ।”
प्रधानमन्त्री ओलीले पृथकतावादको अन्त्य हुँदा एकथरि मान्छे र्मुरमुरिएको देखेर आफू आश्चर्यमा परेको बताए । नेपालबाट पृथकतावादी गतिविधि निस्तेज हुँदा एकथरी मान्छे पानी बिनाको माछा जस्तो भुटभुटिएको टिप्पणी गरे ।
“राष्ट्रिय अखण्डता र सार्वभौमसत्तामा आँच पु¥याउने कुरामा जनमत संग्रह गर्ने भन्ने कुरा सोच्न पनि नमिल्ने कुरा हो” प्रधानमन्त्रीले भने, “विभिन्न आवरणमा चन्दा लिने, लुटपाट गर्नेलाई सरकारले मान्य छैन ।”
देशको शान्ति सुरक्षा र अमनचयन खल्बल्याउने कुनै गतिविधि सरकारलाई मान्य नहुने बताउँदै “कोही मृत संस्था जीवित गराउने सपना देख्छन्, कोही क्रान्तिका नाममा जनता अल्मल्याउने कुरा गर्छन् । ती दुवै कुरालाई निस्तेज पारिन्छ ।”
देशको अखण्डता, सार्वभौमसत्ताको रक्षा र राष्ट्रिय सुरक्षाका लागि सुरक्षा परिषद्ले निर्वाह गरेको भूमिकाको प्रधानमन्त्री ओलीले प्रशंसा गरे ।

प्रतिक्रिया