२७ वर्षपछि विश्व कपमा श्रीलंकाद्वारा वेष्टइण्डिज पराजित, आविष्का बने हिरो
सारांश
- काठमाडौं।
- आईसीसी विश्व कप क्रिकेटमा श्रीलंकाले सोमबार वेष्टइण्डिजलाई पराजित गरेको छ ।
- इंग्ल्याण्डको चेष्टर ले लीड्समा भएको खेलमा श्रीलंकाले दिएको ३३९ रनको लक्ष्य पछ्याएको वेष्टइण्डिजले ९ विकेट गुमाएर ३१५ रनमात्र बनाएपछि श्रीलंका २३ रनले विजयी भयो ।
काठमाडौं। आईसीसी विश्व कप क्रिकेटमा श्रीलंकाले सोमबार वेष्टइण्डिजलाई पराजित गरेको छ । इंग्ल्याण्डको चेष्टर ले लीड्समा भएको खेलमा श्रीलंकाले दिएको ३३९ रनको लक्ष्य पछ्याएको वेष्टइण्डिजले ९ विकेट गुमाएर ३१५ रनमात्र बनाएपछि श्रीलंका २३ रनले विजयी भयो । वेष्टइण्डिजका निकोलस पुरनले अन्तर्रा्ष्ट्रिय क्रिकेटमा पहिलो शतक बनाउँदै टिमलाई जित नजिक

पुर्याएपनि डेढ वर्षपछि पहिलो पटक बलिंग गरेको एन्जोलो म्याथ्युजको पहिलो बैलमै आउट भएपछि श्रीलंका खेलमा फकिएको हो । पुरनले ११८ रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन् । विश्व कपमा श्रीलंकाले वेष्टइण्डिजलाई १९९२ पछि सोमबार पराजित गरेको हो । श्रीलंकाको जितमा लसिथ मालिंगाले ३ विकेट लिए भने ३ विकेट रनआउटका रुपमा प्राप्त भएको थियो ।

यसअघि श्रीलंकाका लागि १ वर्षमा पहिलो शतक बनाउने क्रममा आविष्का फर्नान्डोले ओडिआईमा पहिलो शतक बनाएपछि श्रीलंकाले ६ विकेटमा ३३८ रन बनाएको थियो । रनआउट हुनुपूर्व कुसल परेराले ६४ रन बनाए । जारी प्रतियोगितामा तेस्रो जित निकालेपछि श्रीलंकाको ८ खेलबाट ८ अंक भएको छ । तर, सेमिफाइनल प्रवेशका लागि श्रीलंकाले आफ्नो अन्तिम खेल
भारतसँग जित्नुमात्र पर्ने छैन अन्य टिमको नतिजा पनि कुर्नुपर्ने छ । अष्ट्रेलिया सेमिफाइनल पुगिसकेको छ भने भारत, न्यूजिल्याण्ड सेमिफाइनल नजिक छन् । इंग्ल्याण्ड पनि १० अंकासाथ सेमिफाइनलको दौडमा छ । उता पाकिस्तान र बंगलादेश पनि सेमिफाइनलको दौडमा छन् । इंगल्याण्डको हारसँगै भारत संकटमा परेको छ ।
प्रतिक्रिया