पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक पक्राउ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ १४, २०८१
|
|
३९ पटक हेरिएको
Shares
पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक पक्राउ

सारांश

  • काठमाडौं।
  • पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रामबहादुर थापा (बादल)का छोरा प्रतीक थापालाई पक्राउ परेका छन्।
  • नक्कली भूटानी शरणार्थी प्रकरणमा मुछिएका उनलाई प्रहरीले शुक्रबार साँझ काठमाडौंको बौद्धबाट पक्राउ गरेको हो।

काठमाडौं। पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रामबहादुर थापा (बादल)का छोरा प्रतीक थापालाई पक्राउ परेका छन्।

नक्कली भूटानी शरणार्थी प्रकरणमा मुछिएका उनलाई प्रहरीले शुक्रबार साँझ काठमाडौंको बौद्धबाट पक्राउ गरेको हो। नक्कली भूटानी शरणार्थी प्रकरणमा मुछिएपछि उनी फरार थिए।

उक्त प्रकरणमा पूर्वगृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजित राई, राईका छोरा निरज राई, तत्कालीन उर्जामन्त्री एवं हालका एमाले सचिव टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप रायमाझी पनि जोडिएका थिए। निरज राई हालसम्म फरार रहेका छन्। थापा भने लामो समयपछि पक्राउ परेका हुन्।

बादल गृहमन्त्री भएका बेला कार्यदलको प्रतिवेदनमा विचौलियाको सूचीअनुसारको नामहरु थप्न नसकेपछि बालकृष्ण खाँण गृहमन्त्री भएका बेला प्रतिवेदन नै कीर्ते गरेर नेपाली युवालाई भुटानी शरणार्थी बनाउने प्रयास भएको भन्दै प्रहरीले अनुसन्धान गरेको थियो।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    bestiptv-smarters

    I just could not depart your web site prior to suggesting that I really loved the usual info an individual supply in your visitors Is gonna be back regularly to check up on new posts

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?