खुश्बु खड्काको चरित्र हत्या गर्न खोज्ने निर्देशक थापा प्रहरी फन्दामा,
सारांश
- सामाजिक संजालका फेक आइडी बनाउने अनि चरित्र हत्या गर्ने देखि कुरिती भित्राउनेहरुको कमि छैन यहाँ ।
- त्यही सामाजिक संजालको प्रयोग गरेर एक व्यक्तिले एक नायिकाको चरित्र हत्या गर्न खोजेको घटना बाहिरिएको छ ।
- कुरा नायिका खुश्बु खड्का र आफुलाई निर्देशक बताउने दिपेश थापा मगरको हो , झोकमा आफ्नो फेसबुक वालमा नायिका खड्का र समग्र कलाकारहरुलाई गालि गर्दै एक स्टाटस पोस्ट गरेका थिए ।
सामाजिक संजालका फेक आइडी बनाउने अनि चरित्र हत्या गर्ने देखि कुरिती भित्राउनेहरुको कमि छैन यहाँ ।
त्यही सामाजिक संजालको प्रयोग गरेर एक व्यक्तिले एक नायिकाको चरित्र हत्या गर्न खोजेको घटना बाहिरिएको छ । कुरा नायिका खुश्बु खड्का र आफुलाई निर्देशक बताउने दिपेश थापा मगरको हो ,
झोकमा आफ्नो फेसबुक वालमा नायिका खड्का र समग्र कलाकारहरुलाई गालि गर्दै एक स्टाटस पोस्ट गरेका थिए । उनले ‘नेपाली कलाकार कसको कती औकात छ भनी रहनु पर्दैन खुश्बु खड्का जी’ भन्दै स्टाटस पोस्ट गरेका थिए । इन्बक्समा समेत नानाथरी गालि गलौज र पारिवारिक कुराहरु गर्न थालेपछि खड्काले मगर बिरुद्ध महानगरीय अपराध अनुसन्धान महाशाखामा पुगेर साइक्राइबमा निवेदन दिएकी थिइन् ।
नायिका खड्काले यस बिषयमा बोल्दै भनिन्, ‘तिम्रो रेट फलानोकोभन्दा महङ्गो रहेछ, तिम्रो बा आमा के गर्छन् मलाई थाहा छ भन्दै मेरो र परिवार समेतको चरित्र हत्या गर्न खोज्नु भएको थियो । उहाँले पटक पटक नकारात्मक तरिकाले लेख्दै आएपछि मलाई सैय भएन अनि निवेदन दिएको थिएँ ।’ खुश्बुले भनिन्, ‘अहिले उहाँले माफी मागी सक्नु भयो । अब सायद कसैको पनि चरित्र हत्या गध्ययको काम/ कुरा गर्नु हुँदैन होला’ ।
उक्त निवेदनको आधारमा प्रहरीले निर्देशक थापालाई अनुसन्धानका लागि बोलाएपछि नायिका खड्कासमक्ष आफूले गल्ती गरेको भन्दै माफी मागेका छन् । थापाले आफूले गल्ती गरेको र अबदेखि यस्तो गल्ती नगर्ने भन्दै प्रहरीसमक्ष माफी माग्दै मैले लेखेको कुराले परिवारको मानमर्यादा माथि आँच आएको भन्दै निर्देशक थापाले गल्ती स्वीकार गरेका थिए । मेरो ,फिल्म डटकमवाट,
प्रतिक्रिया