सुदूरपश्चिम प्रदेशमा नेपाल टेलिकमको इन्टरनेट सेवा अवरुद्ध

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष ३, २०७६
|
|
४८ पटक हेरिएको
Shares
सुदूरपश्चिम प्रदेशमा नेपाल टेलिकमको इन्टरनेट सेवा अवरुद्ध

सारांश

  • सुदूरपश्चिम प्रदेशमा नेपाल टेलिकमद्वारा वितरित इन्टरनेट सेवा (एडिएसएल) अवरुद्ध भएको छ ।
  • अप्टिकल फाइबरमा आएको खराबीका कारण यहाँको इन्टरनेट सेवा आज बिहानदेखि अवरुद्ध भएको टेलिकम दिपायल राजपुरका सूचना अधिकारी प्रकाश चौधरीले जानकारी दिनुभयो ।
  • उहाँले भन्नुभयो, “बुटवलमा अप्टिकल फाइबरमा खराबी आएकाले इन्टरनेट सेवा अवरुद्ध भएको जानकारी आएको छ ।

सुदूरपश्चिम प्रदेशमा नेपाल टेलिकमद्वारा वितरित इन्टरनेट सेवा (एडिएसएल) अवरुद्ध भएको छ ।
अप्टिकल फाइबरमा आएको खराबीका कारण यहाँको इन्टरनेट सेवा आज बिहानदेखि अवरुद्ध भएको टेलिकम दिपायल राजपुरका सूचना अधिकारी प्रकाश चौधरीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बुटवलमा अप्टिकल फाइबरमा खराबी आएकाले इन्टरनेट सेवा अवरुद्ध भएको जानकारी आएको छ । सेवा सुचारु गराउन प्रविधिक टोली परिचालन भैसकेको छ ।”
इन्टरनेट सेवा अवरुद्ध भएपछि बैंकिङ कारोवारसमेत प्रभावित छ । सुदूरपश्चिमप्रदेशमा पटकपटक नेट सेवा अवरुद्ध हुँदा यहाँका स्थानीयलाई निकै सास्ती हुने गरेको छ ।

नेपाल टेलिकमको डोटीस्थित दिपायल राजपुर कार्यालयले ३०० जनालाई अति दु्रत गतिको इन्टरनेट सेवा फोरजी सेवाको सिमकार्ड निःशुल्करुपमा वितरण गरेको छ ।
जिल्लामा केही हप्ता पहिलेदेखि फोरजी सेवा शुरु भएपछि उक्त कार्यालयले पहिलो पटक दिपायलको प्रमुख व्यापारी केन्द्र पिपल्ला बजारमा ३०० जना नागरिकलाई निःशुल्करुपमा फोरजी सिमकार्ड वितरण गरेको नेपाल टेलिकमको डोटीस्थित दिपायल राजपुर कार्यालयका प्रमुख केशवराज भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “इन्टरनेटमा सबैको पहुँच होस् भनेर हामीले निःशुल्क सिमकार्ड वितरण गरेका छौँ, अधिकांशले लिएका छन् ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रोशन पुरीको निर्देशनमा ‘लैजाऔ लैजाऔ’ गीतको भिडियो
रोशन पुरीको निर्देशनमा ‘लैजाऔ लैजाऔ’ गीतको भिडियो
यी हुन् प्रदेश २ बाट निर्विरोध राष्ट्रियसभा सदस्य हुने भाग्यमानी सांसद
यी हुन् प्रदेश २ बाट निर्विरोध राष्ट्रियसभा सदस्य हुने भाग्यमानी सांसद
प्रतिपक्षलाई प्रधानमन्त्री ओलीको जवाफ ‘‘गर्छु भन्नेले किन गरेन भन्ने विश्वास त रैछ नि “
शिक्षक चार : विधार्थी तीन
शिक्षक चार : विधार्थी तीन
तालबाराहीको आरती पर्यटकीय गन्तव्य बन्दै
तालबाराहीको आरती पर्यटकीय गन्तव्य बन्दै
सर्वोच्चमा भिडन्त,प्रधानन्यायाधीशका लागि लडाई गर्ने जोशीको तयारी
सर्वोच्चमा भिडन्त,प्रधानन्यायाधीशका लागि लडाई गर्ने जोशीको तयारी
नेपाल प्रहरी श्रीमती संघद्धारा पूर्व अध्यक्ष लगायतका पदाधिकारीहरुलाई बिदाइ
Rubina Dilaik and Abhinav Shukla’s wedding reception invite is out, see pics
Rubina Dilaik and Abhinav Shukla’s wedding reception invite is out, see pics
हिलोमा धसिएको जहाज निकालियो, १२ घण्टापछि त्रिभुवन बिमानस्थल सूचारु
हिलोमा धसिएको जहाज निकालियो, १२ घण्टापछि त्रिभुवन बिमानस्थल सूचारु
असोज ३ र ४ गते नेविसंघ गुल्मीको जिल्ला अबिधेशन
असोज ३ र ४ गते नेविसंघ गुल्मीको जिल्ला अबिधेशन