यो सरकार उल्ट्याएर बन्ने हाम्रै सरकार हो : प्रचण्ड

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर १, २०८१
|
|
३५ पटक हेरिएको
Shares
यो सरकार उल्ट्याएर बन्ने हाम्रै सरकार हो : प्रचण्ड

सारांश

  • काठमाडौं।
  • प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार अप्राकृतिक ढंगले बनेको दाबी गरेका छन् ।
  • शनिबार नेकपा माओवादी केन्द्र काभ्रे-काठमाडौं सम्पर्क समन्वय समितिको चौथो भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले कांग्रेस एमालेले बनाएको सरकार अप्राकृतिक भएको र यो सरकारको उदेश्य नै भ्रष्टाचारकी संरक्षण गर्नु रहेको जिकिर गरे।

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार अप्राकृतिक ढंगले बनेको दाबी गरेका छन् ।

शनिबार नेकपा माओवादी केन्द्र काभ्रे-काठमाडौं सम्पर्क समन्वय समितिको चौथो भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले कांग्रेस एमालेले बनाएको सरकार अप्राकृतिक भएको र यो सरकारको उदेश्य नै भ्रष्टाचारकी संरक्षण गर्नु रहेको जिकिर गरे।

‘बडो अप्राकृतिक हिसाबले उनीहरूले सरकार बनाएका छन्। उनीहरूको उद्देश्य भनेको भ्रष्टाचारीहरूलाई संरक्षण गर्ने र विरोध गर्नेहरूलाई दमन गर्नेतिर केन्द्रीत छन् भन्ने देखिएको छ,’ प्रचण्डले भने।

अध्यक्ष प्रचण्डले केही समयअघि आफैंले संसद्मा तेस्रो दल भएपनि माओवादी केन्द्र निर्णायक शक्ति रहेको र माओवादीसँग भएको सांसद संख्या जादुमयी नम्बर भएको बताएको स्मरण गर्दै फेरिपनि माओवादीको
संख्या जादुमयी नै रहेको र वर्तमान सरकार ढलेपछि माओवादीकै नेतृत्वमा सरकार गठन हुने दाबी गरे ।

‘यही हलमा हो मैले ३२ को संख्यालाई जादुको संख्या भयो भनेको थिएँ, मेरो भनाइले उनीहरुले उद्धेलित र तरंगित भए होलान् । मैले त्यो नभनेको भए पनि हुन्थ्यो होला’, प्रचण्डले भने, ‘अहिले पनि हाम्रो संख्या म्याजिक नै छ । किनभने हामी ३२ भएको हुनाले प्रमुख विपक्षी दलको नेता छ हाम्रो पार्टी त्यो भनेको गभरमेन्ट इन वेटिङ हो, पर्खिराखेको सरकार भन्छ । यो सरकारलाई उल्ट्याएर बन्ने सरकार हाम्रै हो त्यसैले चिन्तित हुने कुरा छैन ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?