चुनावमा हारेपनि कांग्रेस जन जनको मनमा बसेको छ : नेता सिंह

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन २७, २०७५
|
|
१७ पटक हेरिएको
Shares
चुनावमा हारेपनि कांग्रेस जन जनको मनमा बसेको छ : नेता सिंह

सारांश

  • काठमाडौं।
  • नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले सस्तो लोकप्रियता हासिल गर्ने बाहेक अन्य कुनै काम गर्न नसकेको आरोप लगाएका छन्।
  •   गृहमन्त्री आइतबार सदनमा बोलिरहँदा जनकपुरमा गरिएको प्रदर्शनले त्यसको पुष्टि गरेको नेता सिंहले जिकिर गरे।
काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले सस्तो लोकप्रियता हासिल गर्ने बाहेक अन्य कुनै काम गर्न नसकेको आरोप लगाएका छन्।  गृहमन्त्री आइतबार सदनमा बोलिरहँदा जनकपुरमा गरिएको प्रदर्शनले त्यसको पुष्टि गरेको नेता सिंहले जिकिर गरे।
सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै नेता सिंहले सरकारले स्वतन्त्र मधेस गठबन्धनसँग गरेको ११ बुँदे सहमतिलाई के भनेर बुझ्ने भन्ने प्रश्न उब्जिएको टिप्पणी गरे। उनले महत्वपूर्ण र गम्भीर विषयमा जिम्मेवार भएर प्रस्तुत हुन सरकारलाई सुझाव दिए।
उनले संविधानको मर्म र भावना विपरित खुलमखुल्ला मुलुकको स्वाधीता विरुद्ध भएका गतिविधिप्रति जिम्मेवार बन्न नेता सिंहले आग्रह गरे। उनले संसदीय निर्वाचनमा आफूहरुले हार व्यहोर्नु परेपनि जन जनको मनमा कांग्रेसप्रति सकारात्मक सोच रहेकाले कांग्रेसलाई कमजोर सोचेर जे सुकै पनि गर्ने छुट सरकारलाई नभएको चेतावनी दिए। उनले दुई तिहाइको नाममा मुलुकको अहित हुने काम आफूहरुलाइै सैह्य नहुने चेतावनी दिए।
फरक प्रसंगमा नेता सिंहले  पार्टीभित्र अहिले पनि बहुमतको बलमा पेलेर जाने पद्धति बसाउन खोजिएकाले पार्टी संगठनलाई असर गरेको बताउँदै अनुसान समिति बनाउने कुरामा आफ्नो अर्काको भन्दा पनि सहमतिको आधारमा सबैलाई मान्ने हुने गरी समिति बनाउनुपर्ने बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?