काँग्रेसद्वारा संघ र प्रदेशको निर्वाचनका लागि उम्मेदवार सिफारिस

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन १३, २०७४
|
|
२७ पटक हेरिएको
Shares
काँग्रेसद्वारा संघ र प्रदेशको निर्वाचनका लागि  उम्मेदवार सिफारिस

सारांश

  • अर्घाखाँची – आगामी मंसिर २१ गते हुने संघ र प्रदेश सभाको निर्वाचनका लागि काँग्रेसले उम्मेदवारको नाम सिफारिस गरेको छ ।
  • काँग्रेसका दुई वटै निर्वाचन क्षेत्रीय समितिको बैठकले संघ र प्रदेश सभाको निर्वाचनका लागि प्रत्यक्षतर्फ र समानुपातिकतर्फका उम्मेदवारको नाम केन्द्रीय समितिमा पठाएको छ ।
  • निर्वाचन क्षेत्र नं १ को बैठकले संघ अर्थात् प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ तीन र समानुपातिकतर्फ छ जनाको नाम सिफारिस गरेको छ ।

अर्घाखाँची – आगामी मंसिर २१ गते हुने संघ र प्रदेश सभाको निर्वाचनका लागि काँग्रेसले उम्मेदवारको नाम सिफारिस गरेको छ ।

काँग्रेसका दुई वटै निर्वाचन क्षेत्रीय समितिको बैठकले संघ र प्रदेश सभाको निर्वाचनका लागि प्रत्यक्षतर्फ र समानुपातिकतर्फका उम्मेदवारको नाम केन्द्रीय समितिमा पठाएको छ ।

निर्वाचन क्षेत्र नं १ को बैठकले संघ अर्थात् प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ तीन र समानुपातिकतर्फ छ जनाको नाम सिफारिस गरेको छ । प्रत्यक्षतर्फ रेवतीप्रसाद भुसाल, डा रामबहादुर बिसी र मुक्ति श्रेष्ठको नाम सिफारिस भएको क्षेत्रीय सभापति केशवराज कुँवरले बताउनुभयो ।

समानुपातिकतर्फ मानबहादुर विक, पुष्पा भुसाल, छविलाल पौडेल, भोजबहादुर बस्नेत, ताराप्रसाद श्रेष्ठ र पीताम्बर खनालको नाम सिफारिस भएको छ ।

प्रदेश सभाका लागि प्रत्यक्षतर्फ चार र समानुपातिकका लागि २५ जनाको नाम सिफारिस भएको छ । प्रत्यक्षतर्फ केशवराज कुँवर, विष्णुप्रसाद खनाल, चन्द्रमान श्रेष्ठ र बाबुराम पौडेल रहनुभएको छ । समानुपातिकतर्फ कृष्णबहादुर ज्ञवाली, मोहमद सफर मिया, हरिहर आचार्य, केशव श्रेष्ठ, देवराज श्रेष्ठ, लोकेन्द्र विक, अनिता ज्ञवाली, निर्मला क्षेत्री, किमकला भुसाल, रामबहादुर रानाको नाम सिफारिस भएको छ ।

त्यसैगरी बैकुण्ठ थापा मगर, मणिराम परियार, मीरा पाण्डे, ताराप्रसाद फुल्लेल, हुमकला भुसाल, विनोद आचार्य, कमलप्रसाद आचार्य, मानबहादुर सुनार, ज्ञानबहादुर पाण्डे, ढकलाल पौडेल, मुमलाल फुल्लेल, पूर्णकुमारी बञ्जाडे, रामबहादुर खत्री, हरिनारायण बस्नेत र राधा आचार्यको नाम सिफारिस भएको क्षेत्रीय सचिव ताराप्रसादले जानकारी दिनुभयो ।

निर्वाचन क्षेत्र नं २ को बैठकले प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फ पाँच र समानुपातिकतर्फ दुई जनाको नाम सिफारिस गरेको छ । प्रत्यक्षतर्फ खनाल, डा बिसी, रेवतीप्रसाद, बालकृष्ण पाण्डे, र मुक्तिको नाम सिफारिस भएको क्षेत्रीय सभापति अच्युत गौतमले बताउनुभयो ।

प्रदेश सभाका लागि प्रत्यक्षतर्फ सात र समानुपातिकका लागि १६ जनाको नाम सिफारिस गरेको छ । प्रत्यक्षतर्फ हिम्मत टण्डन, यादवप्रसाद घिमिरे, कृष्णप्रसाद शर्मा, डा जयबहादुर टण्डन, धर्मराज भुसाल, दिनेशमणि घिमिरे र अहमद हुसेनको नाम उम्मेदवारीका लागि केन्द्रमा सिफारिस गरिएको छ ।

प्रदेश सभाको समानुपातिकमा श्यामनाथ काश्यप, छविलाल पौडेल, प्रेमनारायण बेल्वासे, हेमन्त बेल्वासे, कुमारकेशव सिंह, निमबहादुर विक, गणेशबहादुर सिंह, खिमकुमार श्रेष्ठ र कमल विकको नाम सिफारिस भएको छ । त्यस्तै जम्सेर मिया, रजब मिया, सुवि शाह, भोजराज शास्त्री र महिलातर्फ शान्ता भण्डारी, अम्बिका पोख्रेल र चम्पा पोख्रेलको नाम उम्मेदवारीका लागि सिफारिस गरिएको क्षेत्रीय सचिव कृष्णलाल पुरीले बताउनुभयो ।

 

प्रतिक्रिया

6 कमेन्ट

    Comment Author

    Sun Bahadur Tamang

    Jhanajhati ta yeotae xaenata ho k ho para

    Comment Author

    Navaraj Khatri

    नअातिनाे ताल मेल हुन बाकि छ

    Comment Author

    Prem Narayan Lamichhane

    सुन्दर

    Comment Author

    Pankaj Upadhyaya

    ल अब यो चोटि चाहिँ रुखमा बाहेक अरु जुनसुकै चुनाव चिन्ह मा भोट हाल्नुपर्छ है ! अब ५ औं चोटि महोदयलाइ प्रधानमन्त्री बनाउने ठेक्का लिनु हुदैन !

      Comment Author

      Basu Kuikel

      कति राम्रो बिचार।

    Comment Author

    Ramesh Prasad Singh

    मधेशी भाई कैलाली कँञ्चनपुर के थारू के साथ अन्याई करने वाले पीर्टीको वोट नदें|

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 6
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?