चिनियाँ उपप्रधानमन्त्रीद्वारा नौतले दरबार शिलान्यास

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण ३१, २०७४
|
|
२२ पटक हेरिएको
Shares
चिनियाँ उपप्रधानमन्त्रीद्वारा नौतले दरबार शिलान्यास

सारांश

  • चिनियाँ उपप्रधानमन्त्री वाङ याङले भूकम्पबाट क्षतिग्रस्त नौतले दरबारको शिलान्यास गरेका छन्।
  • नेपाल भ्रमणमा रहेका उपप्रधानमन्त्री वाङ र उपप्रधान तथा परराष्ट्रपति कृष्णबहादुर महराले मंगलबार संयुक्त रुपमा नौतले दरबारको शिलान्यास गरेका हुन्।
  • एक समारोहका बीच गरिएको शिलान्यासमा पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्र देव, चीनका लागि नेपाली राजदुत लिलामणी पौडेल तथा नेपालका लागि चिनियाँ राजदूत यु होङ लगायतको उपस्थिती रहेको थियो।

चिनियाँ उपप्रधानमन्त्री वाङ याङले भूकम्पबाट क्षतिग्रस्त नौतले दरबारको शिलान्यास गरेका छन्। नेपाल भ्रमणमा रहेका उपप्रधानमन्त्री वाङ र उपप्रधान तथा परराष्ट्रपति कृष्णबहादुर महराले मंगलबार संयुक्त रुपमा नौतले दरबारको शिलान्यास गरेका हुन्।

एक समारोहका बीच गरिएको शिलान्यासमा पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्र देव, चीनका लागि नेपाली राजदुत लिलामणी पौडेल तथा नेपालका लागि चिनियाँ राजदूत यु होङ लगायतको उपस्थिती रहेको थियो। भूकम्पले क्षतिग्रस्त नौतले दरबार चिनियाँ सहयोगमा पुनर्निर्माण गर्न लागिएको हो।

वाङले मंगलबार ११ बजे समकक्षी उपप्रधानमन्त्री तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारसंग भेटवार्ता गर्नेछन्। यस्तै १२ः ३० बजे उनले नेपाल र चीनबीच सहयोग सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?