मोटरसाइकल चोर्ने दुई जना पक्राउ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन ३०, २०७६
|
|
३३ पटक हेरिएको
Shares
मोटरसाइकल चोर्ने दुई जना पक्राउ

सारांश

  • पर्सा, ३० असोज ।
  • पार्किङमा राखेको मोटरसाइकल चोर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
  • पक्राउ पर्नेमा भारत विहार मोतिहारी आदापुर थाना ईनर्वा वेल्दर्वा बस्ने श्याम किशोर साह तुरहा र बारा कलैया उपमहानगरपालिका नम्बर २० वसतपुर स्थित विश्वकर्मा मोटरसाइकल वर्कसपको सञ्चालक सिकेन्द्र साह रहेका छन् ।

पर्सा, ३० असोज । पार्किङमा राखेको मोटरसाइकल चोर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत विहार मोतिहारी आदापुर थाना ईनर्वा वेल्दर्वा बस्ने श्याम किशोर साह तुरहा र बारा कलैया उपमहानगरपालिका नम्बर २० वसतपुर स्थित विश्वकर्मा मोटरसाइकल वर्कसपको सञ्चालक सिकेन्द्र साह रहेका छन् ।

बीरगंज महानगरपालिका वडा नम्बर १६ स्थित पार्किङ गरी राखेको ना २० प ११४ नम्बरको मोटरसाइकल चोरी गरी लैजार्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।पर्सा कार्यालयबाट खटिएको प्रहरी टोलीले पार्किङ गरी राखेको ना २० प ११४ नम्बरको मोटरसाइकल फेला पारी बरामद गरेको जनाएको छ ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

(allproshadeconcepts.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?