२२ लाख युवालाई रोजगारी दिन सकिन्छ-पुर्व मन्त्री बस्नेत

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक १३, २०७४
|
१४
|
२४ पटक हेरिएको
Shares
२२ लाख युवालाई रोजगारी दिन सकिन्छ-पुर्व मन्त्री बस्नेत

सारांश

  • कार्तिक १२ भक्तपुर, एमाले २ नं क्षेत्रका उम्मेदवार एवं पुर्व मन्त्री महेश बस्नेतले बिदेशमा रहेका २२ लाख युवालाई स्वदेश मै रोजगारी दिन संभव भएको बताएका छन।
  • नेपालको बाँजो रहेको जग्गामा खेती गर्ने र कृषिको व्यावसायिकरण औद्योगिकरण गर्ने हो भने तत्काल १४ लाख युवालाई रोजगारी दिन सकिन्छ।
  • उनले थपे नेपालमा घर बनाउने, प्लम्बर, कपडा बुन्ने, कपाल काट्ने लगाएतको काम गर्ने ७ लाख भारतीय र बंगाली छन।

कार्तिक १२ भक्तपुर, एमाले २ नं क्षेत्रका उम्मेदवार एवं पुर्व मन्त्री महेश बस्नेतले बिदेशमा रहेका २२ लाख युवालाई स्वदेश मै रोजगारी दिन संभव भएको बताएका छन। नेपालको बाँजो रहेको जग्गामा खेती गर्ने र कृषिको व्यावसायिकरण औद्योगिकरण गर्ने हो भने तत्काल १४ लाख युवालाई रोजगारी दिन सकिन्छ। उनले थपे नेपालमा घर बनाउने, प्लम्बर, कपडा बुन्ने, कपाल काट्ने लगाएतको काम गर्ने ७ लाख भारतीय र बंगाली छन। त्यस्तो काम गर्न नेपाली तयार हुने हो भने तत्काल ७ लाख युवाले रोजगारी पाउनेछन।यसरी झण्डै २१ लाख युवालाई तत्काल रोजगारी दिन सकिन्छ। के पी ओली प्रधानमन्त्री भएको बेलामा एमालेले युवाहरुले आफूले प्राप्त गरेको सर्टिपिकेट धितो राखेर लोन दिने ब्यबस्था गरेको छ। अब युवाहरुले उद्योग ब्यबसाय आफै गर्नु पर्दछ।

बा आमाले काम गर्ने मन्छे नपाएर आफै खेती गर्ने छोराछोरी काम नपाएर घरमा बसेर फेसबुक चलाउने।यो अबस्थाको अन्त्य गर्ने योजना एमाले संग छ। अब युवाले २७ किलोको फर्सी फलाउने बिदेशी किसानको फोटो शेयर र ट्याग गरेर बस्ने होइन । मकै र गहुँको रोटी र ढिडो बनाउने अनि कोर्न फ्लेक्स किनेर मदर डे मनाउने होइन।डाला भरी सुन्तला बेचेर फ्यान्टा किनेर खाने। टोकरी भरी आँप बेचेर फ्रुटी खाने। घरको दूध लिटरको १८/२० रुपैयाँमा बेचेर २५ रुपैयाँ लिटरको पाने खाने होइन आफैले उद्योग र ब्य्बसायीक काम गर्नु पर्दछ। कमसेकम खाध्यान्न र लत्ता कपडामा मात्र आत्मानिर्भर हुन सक्यो भने बर्षको ५ लाख युवालाई सहज ढंगले रोजगारी दिन सकिन्छ।

तसर्थ यो निर्वाचनमा युवाहरुले एमालेलाई बिजय गराउन आबस्यक छ उनले थपे। आज मध्य्पुर थिमीमा एमाले २ नं क्षेत्रले आयोजना गरेको पार्टी प्रबेश कार्यक्रममा युवाहरु बिकी साहु श्रेष्ठ, कपिल नेवा खड्गी, आकाश श्रेष्ठ, सुदर्शन श्रेष्ठ , बिजय देउजा लगाएतको २ सय ३६ जना युवाहरुलाई पार्टी प्रबेश गराउदै उक्त कुरा बताएका थिए। जिल्ला उपाध्यक्ष वचन देउजाको शभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा सुर्यबिनायक नगर प्रमुख बासुदेब थापा, २ नं क्षेत्रका सचिब श्रीराम ब्यन्जू , थिमी नगर सचिब सुर्यलाल श्रेष्ठ लगाएतका बक्ताले एमालेले भक्तपुरलाई बिकशित र समृद्द बनाउने प्रतिबद्धता जनाएका थिय।

प्रतिक्रिया

14 कमेन्ट

    Comment Author

    Raghu Thapa

    Saknya guf po garnya mantri hudha k garis ta

    Comment Author

    Adhikariko Chhoro Tulsi Ram

    Nepari sabai

    Comment Author

    Kilo Delta

    Natak kam ta kabadi ko dine dm chai tei 8000 hola hoina Ani chamal 1 bora ko 9000 banaune hola

    Comment Author

    Prannath Acharya

    महेश जि गफै त हाे नि मन्त्री हुदा नापियाे जेहाेस चुनावै नारा त हाे नि है झरे आँप गए झटाराे

    Comment Author

    Suryakiran Pokharel

    अहिले सम्म कति जानालाइ दियौ त
    चुनावमा मात्र ठुला कुरा गर्ने।

    Comment Author

    Sudip Ghimire

    Sabaila yaso vanchan hajur

    Comment Author

    Niraj Lawoju

    sahabhagi ek saya chhaina, party prabesh 2 saya 36 jana re. guffai ta ho ni.

    Comment Author

    Gyanendra Rimal

    नखोक देखियो

    Comment Author

    Bidur Khadka

    Kin na diyako ta gaf nikai lagaunus sojha janata lai rojgar dinalai tapai lai kun kura ko kami le Mantri huda na di baseko ta yahi chunab ma vasan sunaun Jay hos hajur haru ko pati lai pani

    Comment Author

    Raj Sundar Shrestha

    Tendor kam hola

    Comment Author

    Harihar Bhandari

    Kam Kuro ekatira,,,kumlo boko thimitira….

    Comment Author

    Shiva Dahal

    कैले

    Comment Author

    Yubaraj Khanal

    गफ गर्ने संधी जे भने नि हुन्छ भोट चाहिँ हजुरलाईनै।अन्ध भक्ति भोट। ल ल।

    Comment Author

    Prakash Baral

    झुटा सपना देखाउने पाटि ए मा ले

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 14
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?