हिन्दू राष्ट्र र राजसंस्थामा सम्झौता हुँदैनः कमल थापा

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख ६, २०७४
|
|
४१६ पटक हेरिएको
Shares
हिन्दू राष्ट्र र राजसंस्थामा सम्झौता हुँदैनः कमल थापा

सारांश

  • राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजसंस्था र हिन्दूराष्ट्रको एजेन्डामा कसैसंग कुनै सम्झौता नहुने बताएका छन् ।
  • आफू सरकारमा भए पनि पार्टीको एजेन्डा नछाड्ने उनको भनाइ छ ।
  • ‘पार्टीको विधान संशोधन गर्ने अधिकार निर्वाचन आयोगलाई छैन, हामी देशभर आन्दोलन गर्छौं’ बुटवलमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै थापाले भने, ‘निर्वाचन आयोगले पार्टीको विधानमाथि प्रश्न उठाउने र फेर्ने हैसियत राख्न सक्दैन, तत्काल आयोगले कदम सच्याओस् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजसंस्था र हिन्दूराष्ट्रको एजेन्डामा कसैसंग कुनै सम्झौता नहुने बताएका छन् ।आफू सरकारमा भए पनि पार्टीको एजेन्डा नछाड्ने उनको भनाइ छ ।


‘पार्टीको विधान संशोधन गर्ने अधिकार निर्वाचन आयोगलाई छैन, हामी देशभर आन्दोलन गर्छौं’ बुटवलमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै थापाले भने, ‘निर्वाचन आयोगले पार्टीको विधानमाथि प्रश्न उठाउने र फेर्ने हैसियत राख्न सक्दैन, तत्काल आयोगले कदम सच्याओस् ।’

उपप्रधानमन्त्रीसमेत रहेका थापाले मधेशी मोर्चाले मात्रै चुनाव वहिष्कार गर्नुको औचित्य नहुने बताए । उनले मोर्चा निर्वाचनमा आउने विश्वास व्यक्त गर्दै निर्धारित समयमै स्थानीय तह निर्वाचन हुने दाबी गरे ।

मोर्चा चुनावमा आए केही क्षेत्रमा मात्रै दोस्रो चरणमा चुनाव गर्न सकिने उनको भनाइ थियो ।

पार्टीको चुनाव चिह्न गाईको संरक्षण गर्न त सक्नु भएन नि ? भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘जहाँ-जहाँ चुनाव जितिन्छ त्यहाँ गौशाला निर्माण गरिन्छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 5
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?