भूकम्प पीडितलाई ट्याक्सी दिने अन्तिम तयारी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ २५, २०७३
|
|
७३२ पटक हेरिएको
Shares
भूकम्प पीडितलाई ट्याक्सी दिने अन्तिम तयारी

सारांश

  • काठमाडौं – सरकारले भूकम्पपीडितलाई खुला गरेको १५ सय ट्याक्सीका लागि आवेदन दिनेहरूको अन्तिम नामावली तयार गरेको छ ।
  • यातायात व्यवस्था विभागका प्रवक्ता टोकराज पाण्डेले १ लाख ४८ हजार आवेदकको नामावली तयार पारेको बताए ।
  • विभागले यो नामावली सार्वजनिक गर्ने तयारी गरेको छ ।

काठमाडौं – सरकारले भूकम्पपीडितलाई खुला गरेको १५ सय ट्याक्सीका लागि आवेदन दिनेहरूको अन्तिम नामावली तयार गरेको छ । यातायात व्यवस्था विभागका प्रवक्ता टोकराज पाण्डेले १ लाख ४८ हजार आवेदकको नामावली तयार पारेको बताए । विभागले यो नामावली सार्वजनिक गर्ने तयारी गरेको छ ।

 
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भूकम्पबाट अति प्रभावित १४ जिल्लाका पीडितलाई ट्याक्सी किन्न साउन ५ देखि आवेदन माग गरेको थियो । कम्प्युटरमा अभिलेख गर्नु परेकाले ढिलाइ भएको पाण्डेको भनाइ छ । २०७२ जेठ २८ मा मन्त्रालयले भूकम्पपीडितलाई ट्याक्सीको अनुमति दिने निर्णय गरेको थियो । तर, यातायात व्यवसायीको दबाबले मन्त्रालय र यातायात व्यवस्था विभागले उक्त निर्णय कार्यान्वयनमा ढिलाइ गरेका थिए ।

दोलखा, गोरखा, सिन्धुपाल्चोक, काभ्रे, रसुवा, धादिङ, नुवाकोट, भक्तपुर, काठमाडौं, ललितपुर, मकवानपुर, सिन्धुली, रामेछाप र ओखलढुंगा गरी १४ जिल्लालाई सरकारले भूकम्पबाट अति प्रभावित जिल्लामा सूचीकृत गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?