​नेकपा निर्वाचन आयोगमा दर्ता, यस्तो राखियो नयाँ नाम

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ २४, २०७५
|
|
४५ पटक हेरिएको
Shares
​नेकपा निर्वाचन आयोगमा दर्ता, यस्तो राखियो नयाँ नाम

सारांश

  • काठमाडौं , २४ जेठ ।
  • दुई कम्युनिष्ट पार्टीहरु नेकपा (एमाले) र माओवादी केन्द्र एकिकरण भएर बनेको नेपाल कम्युनिष्ट पार्टीलाई निर्वाचन आयोगले मान्यता दिएको छ ।
  • निर्वाचन आयोगले बुधबार जारी गरेको विज्ञप्ति अनुसार नव गठित पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (ने क पा)को रुपमा दर्ता भएको छ ।

काठमाडौं , २४ जेठ । दुई कम्युनिष्ट पार्टीहरु नेकपा (एमाले) र माओवादी केन्द्र एकिकरण भएर बनेको नेपाल कम्युनिष्ट पार्टीलाई निर्वाचन आयोगले मान्यता दिएको छ ।

निर्वाचन आयोगले बुधबार जारी गरेको विज्ञप्ति अनुसार नव गठित पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (ने क पा)को रुपमा दर्ता भएको छ ।

ऋषिराम कट्टेल नेतृत्वको पार्टी नेकपासंग नाम जुधेपछि दल दर्ता प्रक्रियामा विलम्व भएको थियो । तर, आयोगले नाममा नेपाल कम्युनिस्ट पार्टीसंगै (ने क पा) राखेर नव दल दर्ता गरिदिएको छ ।

नेकपाले आयोगमा

चार सय ४१ सदस्यीय केन्द्रीय कमिटी नामावली बुझाएको छ । त्यसैगरी नेकपाको ४५ सदस्यीय स्थायी कमिटीमा पनि आयोगमा बुझाएको छ ।

पार्टी दर्ताका लागि जेठ ३ गते निवेदन दिए पनि महिलाको प्रतिनिधित्वका कारणले दल दर्ता हुन लामो समय लागेको हो। पार्टीमा कानुनअनुसार महिला प्रतिनिधित्व नभएको भन्दै सर्वत्र आलोचना हुँदै आएको छ।

नेकपाको दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा एक सय ७४ सांसद छन्। त्यसैगरी सात प्रदेशमध्ये ६ वटामा नेकपाको सरकार रहेको छ भने साढे सात सय स्थानीय तहमा पनि चार सयभन्दा बढीमा नेतृत्व छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महालक्ष्मीका कान्छा वडाध्यक्षको योजना : उपत्यकाकै उत्कृष्ट वडा बनाउने
महालक्ष्मीका कान्छा वडाध्यक्षको योजना : उपत्यकाकै उत्कृष्ट वडा बनाउने
सुत्केरी आमालाई भत्ता
सुत्केरी आमालाई भत्ता
ट्रकको ठक्करबाट दुईको मृत्यु, अर्को ट्रक त्रिशुलीमा खस्यो
ट्रकको ठक्करबाट दुईको मृत्यु, अर्को ट्रक त्रिशुलीमा खस्यो
तोडियो भारतीय एकाधिकार,चीनको इन्टरनेट सञ्जालमा जोडियो नेपाल!
तोडियो भारतीय एकाधिकार,चीनको इन्टरनेट सञ्जालमा जोडियो नेपाल!
मुख्यमन्त्री शाहीले दिए प्रधानमन्त्रीलाई निम्तो, रारा आउछु : प्रधानमन्त्री
मुख्यमन्त्री शाहीले दिए प्रधानमन्त्रीलाई निम्तो, रारा आउछु : प्रधानमन्त्री
भक्तपुरको नयाँ बाटोमा साझा बसलाई रूट अनुमति, व्यवसायीको एकाधिकार तोडियो
भक्तपुरको नयाँ बाटोमा साझा बसलाई रूट अनुमति, व्यवसायीको एकाधिकार तोडियो
कमल थापालाई उपप्रधान एवं गृहमन्त्री बनाउने, राप्रपालाई फकाउँदै देउवा , हिन्दु राज्यमा ‘सकारात्मक’
कमल थापालाई उपप्रधान एवं गृहमन्त्री बनाउने, राप्रपालाई फकाउँदै देउवा , हिन्दु राज्यमा ‘सकारात्मक’
भाषा बिग्रिएपछिको चिन्ता : साइनबोर्ड लेख्नेलाई भाषा प्रशिक्षण
भाषा बिग्रिएपछिको चिन्ता : साइनबोर्ड लेख्नेलाई भाषा प्रशिक्षण
सरकारले जवानीमै बूढो बनाइदेला भन्ने डर पो भो त गाँठे !
सरकारले जवानीमै बूढो बनाइदेला भन्ने डर पो भो त गाँठे !
अमेरिकाको अलास्कामा ७.० म्याग्निच्यूडको भूकम्प, सडक चिराचिरा परे
अमेरिकाको अलास्कामा ७.० म्याग्निच्यूडको भूकम्प, सडक चिराचिरा परे