लालबाबुलाई लक्षित गरी बम विस्फोट
सारांश
- विराटनगर, मंसिर १२ बाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा उम्मेदवार लालबाबु पण्डितलाई लक्षित गरी बम विस्फोट भएको छ ।
- मोरङको बुढीगंगा गाउँपालिका–५ मा मंगलबार बिहान ९ बजेतिर नेकपा एमालेको तर्फबाट क्षेत्र नम्बर ६ का प्रतिनिधिसभाका उम्मेदवार पण्डित चढेको गाडीलाई लक्षित गरी बम विस्फोट भएको नेकपा एमाले मोरङका प्रचार विभाग प्रमुख सत्यनारायण चौधरीले जानकारी दिनुभयो ।
- विराटनगरबाट बुढीगंगाका घरदैलो गर्न जाने क्रममा बम प्रहार भएको हो ।
विराटनगर, मंसिर १२ बाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा उम्मेदवार लालबाबु पण्डितलाई लक्षित गरी बम विस्फोट भएको छ ।
मोरङको बुढीगंगा गाउँपालिका–५ मा मंगलबार बिहान ९ बजेतिर नेकपा एमालेको तर्फबाट क्षेत्र नम्बर ६ का प्रतिनिधिसभाका उम्मेदवार पण्डित चढेको गाडीलाई लक्षित गरी बम विस्फोट भएको नेकपा एमाले मोरङका प्रचार विभाग प्रमुख सत्यनारायण चौधरीले जानकारी दिनुभयो ।
विराटनगरबाट बुढीगंगाका घरदैलो गर्न जाने क्रममा बम प्रहार भएको हो । पण्डित चढेको गाडी भन्दा झण्डै १० मिटर अगाडि बम विस्फोट भएकाले मानवीय क्षति नभएको पण्डितका स्वकीय सचिव ओसिम आलमको भनाई छ ।
यसैबिच प्रहरीले घटना सामान्य भएको बताएको छ । मोरङका प्रहरी उपरीक्षक अरुण बिसीले उम्मेदवारलाई तर्साउने गरी सुतली बम पड्काइएको बताउनुभयो । कोयलपुर तर्फ जाँदै गर्दा उहाँहरुलाई लक्षित गरेर सुतली बम पड्काएको भन्ने जानकारीमा आएको उपरीक्षक विसीले भन्नुभयो ।
प्रतिक्रिया