लालबाबुलाई लक्षित गरी बम विस्फोट

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर १२, २०७४
|
|
२१ पटक हेरिएको
Shares
लालबाबुलाई लक्षित गरी बम विस्फोट

सारांश

  • विराटनगर, मंसिर १२ बाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा उम्मेदवार लालबाबु पण्डितलाई लक्षित गरी बम विस्फोट भएको छ ।
  • मोरङको बुढीगंगा गाउँपालिका–५ मा मंगलबार बिहान ९ बजेतिर नेकपा एमालेको तर्फबाट क्षेत्र नम्बर ६ का प्रतिनिधिसभाका उम्मेदवार पण्डित चढेको गाडीलाई लक्षित गरी बम विस्फोट भएको नेकपा एमाले मोरङका प्रचार विभाग प्रमुख सत्यनारायण चौधरीले जानकारी दिनुभयो ।
  • विराटनगरबाट बुढीगंगाका घरदैलो गर्न जाने क्रममा बम प्रहार भएको हो ।

विराटनगर, मंसिर १२ बाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा उम्मेदवार लालबाबु पण्डितलाई लक्षित गरी बम विस्फोट भएको छ ।

मोरङको बुढीगंगा गाउँपालिका–५ मा मंगलबार बिहान ९ बजेतिर नेकपा एमालेको तर्फबाट क्षेत्र नम्बर ६ का प्रतिनिधिसभाका उम्मेदवार पण्डित चढेको गाडीलाई लक्षित गरी बम विस्फोट भएको नेकपा एमाले मोरङका प्रचार विभाग प्रमुख सत्यनारायण चौधरीले जानकारी दिनुभयो ।

विराटनगरबाट बुढीगंगाका घरदैलो गर्न जाने क्रममा बम प्रहार भएको हो । पण्डित चढेको गाडी भन्दा झण्डै १० मिटर अगाडि बम विस्फोट भएकाले मानवीय क्षति नभएको पण्डितका स्वकीय सचिव ओसिम आलमको भनाई छ ।

यसैबिच प्रहरीले घटना सामान्य भएको बताएको छ । मोरङका प्रहरी उपरीक्षक अरुण बिसीले उम्मेदवारलाई तर्साउने गरी सुतली बम पड्काइएको बताउनुभयो । कोयलपुर तर्फ जाँदै गर्दा उहाँहरुलाई लक्षित गरेर सुतली बम पड्काएको भन्ने जानकारीमा आएको उपरीक्षक विसीले भन्नुभयो ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?