जात्रा हेरेर फर्कदाँ बस दुर्घटनामा १७ घाइते
सारांश
- दार्चुला ।
- मालिकार्जुनबाट दार्चुला सदरमुकाम खलंगा जाँदै गरेको बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।
- मालिकार्जुन मन्दिरको जात्रामा गएका भक्तजन लिएर आइरहेको बस म१ख ४३६ नम्बरको बस आज बिहान दुर्घटना भएको हो ।
दार्चुला । मालिकार्जुनबाट दार्चुला सदरमुकाम खलंगा जाँदै गरेको बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । मालिकार्जुन मन्दिरको जात्रामा गएका भक्तजन लिएर आइरहेको बस म१ख ४३६ नम्बरको बस आज बिहान दुर्घटना भएको हो ।
गए राति मालिकार्जुन मन्दिरमा ठूलो जात्रा लागेको थियो । जात्रा सकेर दार्चुला सदरमुकाम आउने क्रममा बस दुर्घटना भएको हो ।
उद्दार गरिएका घाइतेलाई उपचारका लागि स्थानीय गोकुलेश्वर अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बसमा कति जना यात्रु चढेका थिए भन्नेबारे यकिन भएको छैन । घाइतेहरूलाई प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीले उद्धार गरेका थिए । घटनाको पूर्ण विवरण आउन बाँकी छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया