पूर्वी पहाडमा चासोक तङनामको रौन

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर १७, २०७४
|
|
३५ पटक हेरिएको
Shares
पूर्वी पहाडमा चासोक तङनामको रौन

सारांश

  • १७ मंसिर, ताप्लेजुङ ।
  • किराँतहरुको महान पर्व चासोक तङनाम अर्थात ‘न्वागी पूजा’ ताप्लेजुङ सहित पूर्वी नेपालमा आज धुमधाम साथ मनाइँदैछ ।
  • विशेष गरी राई, लिम्वू, सुनुवार र याक्खा जातिले मंसिर पूर्णिमाका दिनमा नयाँ अन्न आफ्ना दिवंगत पुर्खा र आ-आफ्ना आस्थाका भगवानलाई चढाएर न्वागी पूजा गर्ने चलन छ ।

१७ मंसिर, ताप्लेजुङ । किराँतहरुको महान पर्व चासोक तङनाम अर्थात ‘न्वागी पूजा’ ताप्लेजुङ सहित पूर्वी नेपालमा आज धुमधाम साथ मनाइँदैछ । विशेष गरी राई, लिम्वू, सुनुवार र याक्खा जातिले मंसिर पूर्णिमाका दिनमा नयाँ अन्न आफ्ना दिवंगत पुर्खा र आ-आफ्ना आस्थाका भगवानलाई चढाएर न्वागी पूजा गर्ने चलन छ ।

ताप्लेजुङ सदरमुकाम फुङ्लिङस्थित भानुजन माविको खेल मैदानमा निर्माण गरिएको पूजा न्वागी पूजा गर्नेहरुको बिहानैदेखि भिड लागेको छ । जिल्लाका अन्य स्थानमा रहेका किराँत मन्दिरहरुमा पनि पूजा गर्नेहरुको भिड लागेको किराँत धर्मगुरु ज्ञानु फुरुम्बो (चरपे)ले जानकारी दिए । पाँचथर सदरमुकाम फिदिमस्थित सुम्हालुङ मन्दिर, सिलौती, लव्रेकुटी लगायतका किराँत मन्दिरहरुमा पनि पूजा गर्नेको घुइँचो छ ।

यसै अवसरमा ताप्लेजुङमा फुङ्लिङस्थित भानुजन माविको खेल मैदानमा आयोजना गरिएको चासोक तंङ्नाम विषेश कार्यक्रमको समापन पनि आजै हुने छ । चासोक तंङ्नाम विषेश कार्यक्रममा च्याब्रुङ र धान नाच प्रतियोगिता र सांगितिक कार्यक्रम भईरहेका छन् ।

प्रत्येक वर्ष मंसिर पूर्णिमाको दिन मनाइने यो चाडलाई हिन्दूहरुले धान्य पूर्णिमा, किराँत याख्खाले चासोवा, सुनुवारले फोल स्यादर, लिम्वूले चासोक र राईले उधौली पर्वका रुपमा मनाउने गर्छन् । केही वर्षदेखि नेपाल सरकारले मंसिर पूर्णिमाका दिन चासोक तङ्नाम पर्व मनाउन सार्वजनिक विदा दिन थालेको छ ।

बिशेषतः यो पर्व किराँतहरुको वाहुल्यता रहेका ताप्लेजङ, पाँचथर, इलाम धनकुटा, तेहथुम, संखुवसभा, झापा, मोरङ र सुनसरी तथा काठमाडौं उपत्यकामा भव्यताका साथ मनाउने गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देउवाको निर्णय उल्ट्याउँदै ओली: राष्ट्रियसभामा ३ जना सिफारिस, को–को ?
देउवाको निर्णय उल्ट्याउँदै ओली: राष्ट्रियसभामा ३ जना सिफारिस, को–को ?
प्रक्रियाअनुसार राष्ट्रियसभाको चुनाव सकेर कांग्रेसले सरकार छोड्छ : कानुनमन्त्री थापा
प्रक्रियाअनुसार राष्ट्रियसभाको चुनाव सकेर कांग्रेसले सरकार छोड्छ : कानुनमन्त्री थापा
राष्ट्रिय गौरवका आयोजनाको बजेट घट्यो
राष्ट्रिय गौरवका आयोजनाको बजेट घट्यो
सुन तस्करीको नयाँ शैली: स्थलमार्ग र बटुवा प्रयोग
सुन तस्करीको नयाँ शैली: स्थलमार्ग र बटुवा प्रयोग
विश्वकप फुटबल: आयोजक देशले कति पटक जिते विश्वकप ? के रसियाले विश्वकप जित्न सक्छ ?
विश्वकप फुटबल: आयोजक देशले कति पटक जिते विश्वकप ? के रसियाले विश्वकप जित्न सक्छ ?
सिन्धुलीमा पशु चौपायामा कार्पस भाइरसको सङ्क्रमण
सिन्धुलीमा पशु चौपायामा कार्पस भाइरसको सङ्क्रमण
६५ वर्ष पुगेकाहरुलाई वृद्धभत्ता दिने निर्णय जायज छैन : राउत
६५ वर्ष पुगेकाहरुलाई वृद्धभत्ता दिने निर्णय जायज छैन : राउत
‘कानून र संविधानले बलियो बनाएको संस्थामाथि अविश्वास उत्पन्न किन भयो’
‘कानून र संविधानले बलियो बनाएको संस्थामाथि अविश्वास उत्पन्न किन भयो’
झापा-३ मा कृष्ण सिटौला र राजेन्द्र लिङ्देनमध्ये कसले बाजी मार्ला
झापा-३ मा कृष्ण सिटौला र राजेन्द्र लिङ्देनमध्ये कसले बाजी मार्ला
तीन वर्षभित्रमा सबैको घरमा बिजुली :मन्त्री पुन
तीन वर्षभित्रमा सबैको घरमा बिजुली :मन्त्री पुन

तपाईंले छुटाउनुभयो कि?