प्रक्रियाअनुसार राष्ट्रियसभाको चुनाव सकेर कांग्रेसले सरकार छोड्छ : कानुनमन्त्री थापा

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष १५, २०७४
|
|
३९ पटक हेरिएको
Shares
प्रक्रियाअनुसार राष्ट्रियसभाको चुनाव सकेर कांग्रेसले सरकार छोड्छ : कानुनमन्त्री थापा

सारांश

  • १५ पुस, काठमाण्डौ ।
  • नेपाली कांग्रेसका नेता तथा कानुनमन्त्री यज्ञबहादुर थापाले अब राष्ट्रियसभाको चनुाव गर्नुपर्ने बताएका छन् ।
  • नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै मन्त्री थापाले राष्ट्रपतिद्धारा राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश जारी गरेकाले अब निर्वाचन गर्नुपर्ने बताए ।

१५ पुस, काठमाण्डौ । नेपाली कांग्रेसका नेता तथा कानुनमन्त्री यज्ञबहादुर थापाले अब राष्ट्रियसभाको चनुाव गर्नुपर्ने बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै मन्त्री थापाले राष्ट्रपतिद्धारा राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश जारी गरेकाले अब निर्वाचन गर्नुपर्ने बताए ।
राजनीतिक स्थिती समान्य अवस्थामा गएको भन्दै मन्त्री थापाले अब संविधानअनुसार राष्ट्रियसभाको चुनाव र नयाँ सरकार गठन प्रक्रिया अगाडि बढ्ने बताए ।
राष्ट्रियसभाको चुनाव नभै संघीय संसदले पूर्णता नपाउने भन्दै उनले नयाँ सरकार गठनका लागि राष्ट्रियसभाको चुनाव अनिवार्य भएको जिकिर गरे ।
“हेर्दै जानुहोला, राष्ट्रियसभाको निर्वाचन हुनै पर्छ । नभैकन संघीय संसदले पूर्णता पाउँदैन ।” थापाले भने ।
संविधानले उल्लेख गरेअनुसारको प्रक्रिया गर्नुपर्ने विषयलाई कांग्रेसको अडानको रुपमा बुझ्नु गलत भएको उनको भनाई छ ।
लोकतन्त्रमा हारजित हुने र प्रधानमन्त्रीले सत्ता छोड्ने कुरा सामान्य भएको भन्दै उनले कांग्रेसले सत्ता लम्ब्याउन खोजेको नभै संविधानअनुसार प्रक्रिया पूरा गरेर सरकार छोड्न लागेको बताए ।
कांग्रेसले संविधानअनुसार काम गरिरहेको कुरा सबैल बुझ्ने दाबी गर्दै उनले आफूहरु सत्ताका लागि नभै संवैधानिक प्रक्रिया पूरा गर्नतिर केन्द्रित भएको बताए ।

 

निर्वाचन आयोगले मत परिणाम सार्वजनिक गर्न नपाउँदै नयाँ सरका गठन गर्न एमाले हतारिएको उनको आरोप छ ।रिपोर्तेर्स नेपाल बाट

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Shambhu Shah

    छिट्टै मरेर जाने जस्ताे बेबहार किन गरे काे हाे काङ्ग्रेस ले पछिकाे बाटाे पनि त फर्केर हेर्नुपर्छ कि कसाे यक पटक साेचाै त

    Comment Author

    Kal Bahadur

    त्याहासम्म आफ्ना कार्यकर्तालाइ राज्यको पैसा दिनु पर्यो नि अझै सेरेका उडुस उपिया कति बाकी छन सबैलाइ दिनु पर्यो

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?