नेपाली सीमा मिचेको भन्दै भारतविरुद्व सर्वोच्चमा रिट
सारांश
- काठमाडौं, माघ ९ ।
- अधिवक्ता यज्ञमणि न्यौपानेले भारतले वीरगन्जमा नेपाली सीमा मिचेको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
- उक्त रिटमा नयाँ सीमा स्तम्भहरु गाड्ने क्रममा भारतीय पक्षले वीरगन्जको सिर्सिया नदी क्षेत्रमा नेपाली भूमि अतिक्रमण गरेको दाबी गरिएको छ ।
काठमाडौं, माघ ९ । अधिवक्ता यज्ञमणि न्यौपानेले भारतले वीरगन्जमा नेपाली सीमा मिचेको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । उक्त रिटमा नयाँ सीमा स्तम्भहरु गाड्ने क्रममा भारतीय पक्षले वीरगन्जको सिर्सिया नदी क्षेत्रमा नेपाली भूमि अतिक्रमण गरेको दाबी गरिएको छ ।
रिटमा प्रधानमन्त्री कार्यालय, नापी विभाग, नेपाल-भारत सीमा टोलीका प्रमुख लगायतलाई विपक्षी बनाइएको छ । पुराना पिल्लरको ठाउँमा नयाँ पिल्लर राख्दा नेपालतर्फ गाडिएकाले उक्त सीमा पिल्लर गाड्ने कार्य रोक्न माग गरिएको छ ।
सुगौली सन्धिविपरीत सीमा स्तम्भहरु गाड्ने काम भइरहेको भन्दै रिटमा नयाँ पिल्लरहरु हटाउन माग गरिएको छ । सन्धि अनुसार निर्माण भएका जंगे पिल्लरभन्दा फरक प्रकृतिले सीमा स्तम्भ गाड्ने कुनै निर्णय भएको भए उत्प्रेषणको आदेशमार्फत बदर गर्न माग रिटमा गरिएको छ ।
सुगौली सन्धि र १८१६ देखि १८९० सम्मका आधार नक्सा विपरीत वीरगन्ज महानगरपालिका १ छपकैया क्षेत्रको सिर्सिया खोलाधार तर्फको लगभग ३ सय मिटर नेपालको जमिन मिची मूल पिल्लर तथा सहायक पिल्लर राख्न खाल्डो खन्ने काम भइरहेको दाबी रिटमा गरिएको छ ।
पहिलो सुनुवाइको पेशी बुधबारका लागि तोकिएको छ । वीरगन्जको छपकैयामा सीमा स्तम्भ गाड्ने क्रममा आफूहरुको ५० बिघा जग्गा मिचिएको भन्दै स्थानीय बासिन्दाले विरोधमा उत्रिएका छन् । तर नापी विभागले विज्ञप्ति जारी गरी नेपाली भूमि नमिचिएको दाबी गरेको छ ।
Tilak Raj Khanal
Adalatbata Nya Painema Sankha Lag6.
Nand Gurung
aba ta sunxan ki jasto xa.
Uttam Sakya
यो प्रधान न्यायाधीश हुन्जेल गरीब को नसुन्ने गरीब लाई न्याय नगर्ने आस नगरौ
Himal Sherpali
सरकारको जे जवाफ सर्वच्चोको नी त्यही जवाफ आखिर यिनै सरकार वालाले नीउक्ती गरे का हुन सर्वच्चोका पदीकारीहरु । जय सरकार । जय भारतवाद । जय भारितिय दलालहरु ।