पहाड, मधेस तराइ कोहि छैनन पराइ…

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन २१, २०७३
|
|
१६७ पटक हेरिएको
Shares

सारांश

पहाड मधेस मनैदेखि अलि अलि झुकेदेखि
कसलाई घाटा हुन्छ र देश माथि उठेदेखि

जात भन्दा माथि उठे ठाउ भन्दा माथी उठे
सन्सार नै जित्न सक्छ भाइ भाइ मनले जुटे
पहाड मधेस झरे देखि मधेस पहाड चढेदेखि
कसलाई घाटा हुन्छ र यो देश अघि बढेदेखि

चाहे पुर्ब चाहे पश्चिम नेपाल हाम्रो घर हो नि
जात आखिर जे भए नि नेपाली नै थर हो नि
हिमाल तराई मेची काली सधै सबै खुले देखि
को हुन्छ र पराई यहा मनमा गुरास फुलेदेखि

पहाड मधेस मनै देखि………

प्रेम राई ‘परीक्षित’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?