ट्रम्पका छोराद्वारा रुसी अधिकारीसँगको इमेल सार्वजनिक ः अमेरिकामा नयाँ विषयमा बहस सुरु

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ २८, २०७४
|
|
४० पटक हेरिएको
Shares
ट्रम्पका छोराद्वारा रुसी अधिकारीसँगको इमेल सार्वजनिक ः अमेरिकामा नयाँ विषयमा बहस सुरु

सारांश

  • वासिङटन, २८ असार ।
  • अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका जेठा छोराले रुससँग सन् २०१६ को निर्वाचनका समयमा गरेका इमेल श्रृंखलाहरु सार्वजनिक गरेका छन् ।
  • उनले ती इमेल मङ्गलबार सार्वजनिक गरेका हुन् ।

वासिङटन, २८ असार । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका जेठा छोराले रुससँग सन् २०१६ को निर्वाचनका समयमा गरेका इमेल श्रृंखलाहरु सार्वजनिक गरेका छन् । उनले ती इमेल मङ्गलबार सार्वजनिक गरेका हुन् ।

विशेष गरी ती मेलमा एकजना रुसी वकिलसँग उक्त निर्वाचनमा आफूहरुले हिलारी क्लिन्टनका विपक्षमा सूचना दिन चाहेको भनी लेखेका र राष्ट्रपति ट्रम्पका छोरा जुनियर ट्रम्पले स्वागत गरेका छन् ।

उक्त इमेलको जवाफमा डोनाल्ड ट्रम्पका जेठा छोरा जुनियर ट्रम्पले यदि त्यस्तो सूचना दिने हो भने त्यो आफ्नो लागि निकै खुसीको कुरा हुने बताएका छन् ।

त्यसपछि ती रुसी अधिकारीले ती मेलहरु ट्रम्पका छोरालाई लेखेको जानकारी गराएका छन् । ती मेलहरु उनले मङ्गलबार सार्वजनिक गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने आफ्नो छोराले राम्रो र पारदर्शी काम गरेको बताउनुभएको छ ।

गत वर्षको राष्ट्रपतीय चुनावमा रुसले सहयोग गरेको कुरालाई राष्ट्रपति ट्रम्पका छोराले स्वागत गरेको कुरा सो मेलमा लेखएिको छ । राष्ट्रपतिले आफ्ना छोरालाई राम्रो व्यक्ति भनेर प्रशंसा गर्नुभएको पनि सो समाचारमा जनाइएको छ ।
उक्त इमेलमा रुसी वकिलले आफूले निर्वाचनका समबन्धमा सम्वेदनशील सूचना दिने बताएपछि ट्रम्पका छोराले इमेलमा यदि त्यसो हो भने त्यो मलाई असाध्यै मन पर्नेछ भनेर जवाफ लेखेका छन् । यस वार्तालाप उनले नै मङ्गलबार सार्वजनिक गरेका हुन् ।

इमेल प्रकरण केही दिनसम्म बढ्दै जाँदा क्रेमलिन सम्बद्ध भनिएका रुसी कानुन व्यवसायीसँग भेटवार्ता गरिएको पनि ट्रम्पका छोराले स्वीकार गरेका छन् ।

उनी हाल घरजग्गा किनबेच गर्ने ब्यवसायी हुन र उनले बुबा राष्ट्रपति भएपछि उहाँको समेत व्यापार सम्हालेर बसेका भनी यसअघि नै बताइएको थियो ।

यति बेला यो इमेल प्रकरणको खुलासालाई अमेरिकामा विभिन्न पक्षबाट मिश्रित प्रतिक्रिया दिइएको छ । कतिपयले यसलाई पारदर्शीताको उदाहरण भनेका छन् भने कतिले भने दुखको कुरा र बाहिर ल्याउन नमिल्ने सम्वेदनशिल भएको पनि बताएका छन् ।

इमेलहरुबाट रुसी सरकारले ट्रम्पको चुनावी अभियानलाई सूचना उपलब्ध गराउन चाहेको र उहाँलाई बिजयी गराउनका लागि सहयोग पुग्नेगरी काम गरिएको देखिएको कतिपयको विश्लेषण छ ।

यो प्रकरणको खुलासासँगै अमेरिकी अधिकारीहरुले अमेरिकी चुनावमा रुसी हस्तक्षेप भए नभएको भन्ने बारेमा अनुसन्धान गरिरहेको बताएका छन् ।

साथै यसबाट यसअघि अमेरिकी राष्ट्रपतिको निर्वाचनमा रुसी हस्तक्षेपको चर्चा निकै चलेकोमा फेरि एकपटक सतहमा आएको विश्लेषकहरुको भनाई छ ।

यसअघि सो अभियानका बारेमा गरिएका प्रश्नमा राष्ट्रपति ट्रम्पले स्वीकार नगर्ने गरेकोमा अहिले यो वास्तविकता बाहिर आएको पनि बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अनुदानको बीउ नउम्रिएपछि किसानको एक सय १० बिघा खेत बाँझै
अनुदानको बीउ नउम्रिएपछि किसानको एक सय १० बिघा खेत बाँझै
०७५ सालमा बिहेको साइत जम्मा १४ दिन
०७५ सालमा बिहेको साइत जम्मा १४ दिन
महाशिवरात्रिको तयारीका लागि पशुपति क्षेत्रमा विशेष सफाइ
महाशिवरात्रिको तयारीका लागि पशुपति क्षेत्रमा विशेष सफाइ
बाँकेमा कोरोनाका कारण थप दुईको मृत्यु
अर्जेन्टिना अन्तिम १६ मा पुग्छ? यस्तो छ अंकगणित
अर्जेन्टिना अन्तिम १६ मा पुग्छ? यस्तो छ अंकगणित
होटेलमा एक महिलाको घाँटी रेटेर हत्या, शङ्कास्पद एक व्यक्ति पक्राउ
होटेलमा एक महिलाको घाँटी रेटेर हत्या, शङ्कास्पद एक व्यक्ति पक्राउ
एमाले अध्यक्ष ओलीद्वारा उम्मेदवारी दर्ता
एमाले अध्यक्ष ओलीद्वारा उम्मेदवारी दर्ता
कोरोना भाइरस विश्वभर फैलन सक्ने चेतावनी, गम्भीरतापूर्वक नियन्त्रणको तयारी गर्न आहृवान
कोरोना भाइरस विश्वभर फैलन सक्ने चेतावनी, गम्भीरतापूर्वक नियन्त्रणको तयारी गर्न आहृवान
‘परिवारको लागि केही गर्न सकिन’ भन्ने चिट लेखेर  महानगरपालिकाका बरिष्ठ अधिकृत बेपत्ता
‘परिवारको लागि केही गर्न सकिन’ भन्ने चिट लेखेर महानगरपालिकाका बरिष्ठ अधिकृत बेपत्ता
प्रतिनिधिसभा बैठक : जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण
प्रतिनिधिसभा बैठक : जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण