नवराज सिलवाललाई ललितपुर प्रहरीले भेट्न सकेन्

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष २५, २०७४
|
|
३४ पटक हेरिएको
Shares
नवराज सिलवाललाई ललितपुर प्रहरीले भेट्न सकेन्

सारांश

  • काठमाडौं– ललितपुर प्रहरीले पूर्व डिआईजी तथा प्रतिनिधिसभा सदस्य नवराज सिलवाललाई फेला पार्न नसकेको भन्दै  काठमाडौं प्रहरीलाई  जवाफी पत्र पठाएको छ ।
  • ललितपुर प्रहरी  स्रोतका अनुसार  सम्भावित ठाउँमा खोजतलास गर्दा पनि सिलवाललाई पक्राउ गर्न नसकिएको भन्दै जवाफी पत्र काटेको हो ।
  • गत पुस १८ गते महानगरीय प्रहरी परिसर काठमाडौँले ललितपुर प्रहरीलाई ‘नवराज सिलवाललाई तत्काल पक्राउ गरेर उपस्थित गराइदिन’ भन्दै पत्र काटेको थियो ।

काठमाडौं– ललितपुर प्रहरीले पूर्व डिआईजी तथा प्रतिनिधिसभा सदस्य नवराज सिलवाललाई फेला पार्न नसकेको भन्दै  काठमाडौं प्रहरीलाई  जवाफी पत्र पठाएको छ ।

ललितपुर प्रहरी  स्रोतका अनुसार  सम्भावित ठाउँमा खोजतलास गर्दा पनि सिलवाललाई पक्राउ गर्न नसकिएको भन्दै जवाफी पत्र काटेको हो ।

गत पुस १८ गते महानगरीय प्रहरी परिसर काठमाडौँले ललितपुर प्रहरीलाई ‘नवराज सिलवाललाई तत्काल पक्राउ गरेर उपस्थित गराइदिन’ भन्दै पत्र काटेको थियो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी बेल बहादुर पाण्डेले ‘केही कुरा बुझ्नपर्ने भएकाले’ उल्लेख गर्दै सिलवाललाई अविलम्ब उपस्थित गराउन ललितपुर प्रहरीलाई पत्र काटेका थिए ।
जवाफी पत्रमा ललितपुर जिल्ला गोदावरी नगरपालिका ४ स्थित घर तथा सम्भावित स्थानमा खोज्दा पनि उनलाई पक्राउ गर्न नसकिएको व्यहोरा उल्लेख रहेको बताइएको छ ।
सर्वोच्च अदालतको आदेशअनुसार सिलवालविरुद्ध काठमाडौं प्रहरीले कीर्ते  जाहेरी दर्ता गरेको थियो भने सोहिका लागि उनलाई अविलम्ब उपस्थित गराउन ललितपुर प्रहरीलाई पत्र काटेको थियो ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Subash Pandey

    Ab sakdaien

    Comment Author

    Shyam Shubham Giri

    नेपाल को पूलिस ले चाह्यो भनि पानि मूनी बाट पनि गोताखोर लगाएर निकाल्छ यो सव नाटक हो

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एकै प्रदेशमा ४० लाख नागरिकता बिहिन !
एकै प्रदेशमा ४० लाख नागरिकता बिहिन !
आन्दोलनमा प्रहरीको गोली लागेर एकको मृत्यु
आन्दोलनमा प्रहरीको गोली लागेर एकको मृत्यु
रहस्यमय सुन बेपत्ता, रहस्यमय छानबिन र रहस्यमय प्रहरी भूमिका
रहस्यमय सुन बेपत्ता, रहस्यमय छानबिन र रहस्यमय प्रहरी भूमिका
नमस्ते नेपालले लागुुऔषध तथा महिला हिंसा बिरुद्ध महाअभियान सञ्चालन गर्दै
हिजो जस्तो रहेन ‘राउटे’
हिजो जस्तो रहेन ‘राउटे’
मधेसमा मधेसीकै रगत बगाएर राजनैतिक फाइदा उठाउने लाई इतिहासले माफ गर्ने छैन:अनिता
मधेसमा मधेसीकै रगत बगाएर राजनैतिक फाइदा उठाउने लाई इतिहासले माफ गर्ने छैन:अनिता
हेर्नुहोस् कांग्रेसका ४४ जिल्लाका चुनावी कमाण्डर
हेर्नुहोस् कांग्रेसका ४४ जिल्लाका चुनावी कमाण्डर
मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारी: कुन दलबाट को बन्दै छ मन्त्री ?
मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारी: कुन दलबाट को बन्दै छ मन्त्री ?
नेपालकाे सबैभन्दा ठूलाे पदक ‘नेपालरत्न’ कम्युनिष्ट नेता पुष्पलाललाई !
नेपालकाे सबैभन्दा ठूलाे पदक ‘नेपालरत्न’ कम्युनिष्ट नेता पुष्पलाललाई !
स्पेनमा एकै दिनमा थप एक हजार ५०० व्यक्तिमा कोरोनाभाइरस संक्रमण
स्पेनमा एकै दिनमा थप एक हजार ५०० व्यक्तिमा कोरोनाभाइरस संक्रमण

तपाईंले छुटाउनुभयो कि?