श्रीमानको लासको पर्खाइमै श्रीमतीको मृत्यु…

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष २७, २०७३
|
|
१४३ पटक हेरिएको
Shares
श्रीमानको लासको पर्खाइमै श्रीमतीको मृत्यु…

सारांश

  • डेढ वर्षअघि साउदी अरबमा मृत्यु भएका श्रीमानको लासको पर्खाइमा रहेकी रोल्पा, लिवाङ–९ गुरुङ गाउँकी एक महिला श्रीमानको लास हेर्न नपाउँदै मृत्युवरण गर्न पुगेकी छिन् ।
  • वैदेशिक रोजगारीको सिलसिलामा साउदी पुगेका श्रीमान खुमबहादुर गुरुङको मृत्युपश्चात् तनावमा रहेकी कमला गुरुङको सोमबार दिउँसो २ बजे आफ्नै घरमा रहस्यमय तरिकाले मृत्यु भएको हो ।
  • दिउँसो दाँत माझ्दै गरेकी बुहारी एक्कासि बेहोस भई लडेको देखेर मृतककी सासूले छिमेकीलाई खबर गरेकी थिइन् ।

डेढ वर्षअघि साउदी अरबमा मृत्यु भएका श्रीमानको लासको पर्खाइमा रहेकी रोल्पा, लिवाङ–९ गुरुङ गाउँकी एक महिला श्रीमानको लास हेर्न नपाउँदै मृत्युवरण गर्न पुगेकी छिन् ।

वैदेशिक रोजगारीको सिलसिलामा साउदी पुगेका श्रीमान खुमबहादुर गुरुङको मृत्युपश्चात् तनावमा रहेकी कमला गुरुङको सोमबार दिउँसो २ बजे आफ्नै घरमा रहस्यमय तरिकाले मृत्यु भएको हो । दिउँसो दाँत माझ्दै गरेकी बुहारी एक्कासि बेहोस भई लडेको देखेर मृतककी सासूले छिमेकीलाई खबर गरेकी थिइन् । बेहोस भई लडेकी गुरुङको छिमेकीले खुट्टा मालिस गर्दै गर्दा निधन भएको छिमेकीले बताएका छन् ।

मृत्यु भएको खबर पाउने बित्तिकै जिल्ला प्रहरी कार्यालय, रोल्पाको एक टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो । हृदयाघातका कारण मृत्यु भएको हुनसक्ने घर्तीले बताउनुभयो । प्रारम्भिक चरणको शवपरीक्षणपछि मंगलबार लास आफन्तलाई बुझाइसकेको तथा घटनाको थप अनुसन्धानसमेत भइरहेको घर्तीले जानकारी दिनुभयो ।

साउदी अरबमा एक कम्पनीमा काम गर्ने मृतक कमलाका श्रीमानलाई कम्पनीकै गाडीले ठक्कर दिँदा मृत्यु भएको थियो । उहाँको मृत्यु भएको लामो समय भइसक्दासमेत शव नेपाल नआएको बताइएको छ ।

Source : RSS

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

साच्चै आउँलान त ट्रम्प र पुटिन नेपाल ?
साच्चै आउँलान त ट्रम्प र पुटिन नेपाल ?
जनकपुरबाट हवाई इन्धन
जनकपुरबाट हवाई इन्धन
बेनी नगरपालिका साक्षर घोषित
बेनी नगरपालिका साक्षर घोषित
अहिलेसम्म ९४ स्थानीय तहको नतिजा सार्वजनिक, कांग्रेसभन्दा एमाले १० बढि स्थानमा विजयी
अहिलेसम्म ९४ स्थानीय तहको नतिजा सार्वजनिक, कांग्रेसभन्दा एमाले १० बढि स्थानमा विजयी
महिला हिंसा न्युनिकरणका लागि विशेष कार्यक्रम ल्याउँदैछौं : गृहमन्त्री बादल
महिला हिंसा न्युनिकरणका लागि विशेष कार्यक्रम ल्याउँदैछौं : गृहमन्त्री बादल
इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका प्रतिवादीलाई नेपाल फिर्ता ल्याइयो
इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका प्रतिवादीलाई नेपाल फिर्ता ल्याइयो
कञ्चनरुपमा काँग्रेसका प्रमुख र उपप्रमुख उम्मेदवार
कञ्चनरुपमा काँग्रेसका प्रमुख र उपप्रमुख उम्मेदवार
माछापुच्छ्रे बैङ्कद्वारा कात्तिक १ गतेदेखि लागु हुनेगरी नयाँ ब्याजदर तालिका प्रकाशन
माछापुच्छ्रे बैङ्कद्वारा कात्तिक १ गतेदेखि लागु हुनेगरी नयाँ ब्याजदर तालिका प्रकाशन
रु छ लाखसहित प्राविधिक कार्यालयका प्रमुख पक्राउ
रु छ लाखसहित प्राविधिक कार्यालयका प्रमुख पक्राउ
सुरु हुनेभो पोखराको मतगणना, विवादित स्वस्तिक छापको मुचुल्का देखाउने सहमति
सुरु हुनेभो पोखराको मतगणना, विवादित स्वस्तिक छापको मुचुल्का देखाउने सहमति