नमस्ते नेपालले लागुुऔषध तथा महिला हिंसा बिरुद्ध महाअभियान सञ्चालन गर्दै

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ ५, २०७५
|
|
२१ पटक हेरिएको
Shares

सारांश

  • विभिन्न सामाजिक कार्यहरु गर्दै आएको नमस्ते नेपालले लागुुऔषध तथा महिला हिंसा बिरुद्ध महाअभियान सञ्चालन गर्दै छैटौं  हप्तासम्म सफलता प्राप्त गरेको छ ।
  • छैटौं  हप्तामा आइपुग्दा विभिन्न कलेजका ४हजार बिद्यार्थी प्रशिक्षित भएका छन ।
  • अब १ हप्ता चल्ने प्रशिक्षणमा १ हजार बिद्यार्थीसम्म यो अभियान पुग्ने संस्थाले जनाएको छ ।

विभिन्न सामाजिक कार्यहरु गर्दै आएको नमस्ते नेपालले लागुुऔषध तथा महिला हिंसा बिरुद्ध महाअभियान सञ्चालन गर्दै छैटौं  हप्तासम्म सफलता प्राप्त गरेको छ । छैटौं  हप्तामा आइपुग्दा विभिन्न कलेजका ४हजार बिद्यार्थी प्रशिक्षित भएका छन । अब १ हप्ता चल्ने प्रशिक्षणमा १ हजार बिद्यार्थीसम्म यो अभियान पुग्ने संस्थाले जनाएको छ । सोहि अभियान अन्तर्गत शुुक्रबार क्यानन कलेज  बुटवलमा प्रशिक्षण सम्पन्न गरेको छ । अहिलेको स्थितिमा देशका कर्णधार युवाहरु नै लागुपदार्थ दुर्व्यसनी, कुलत र हिंसामा संलग्न हुँदा देशको शान्ति,सुरक्षा र विकासमा असर पर्ने निश्कर्ष निकाल्दै युवालाई सचेत गराउने उद्देश्यले सो महाअभियान शुुरु गरेको संस्थाका अध्यक्ष अर्जुन खरेलले बताए ।
यसअघि बुटवलस्थित अक्सफोर्ड कलेज र तिलोत्तमा स्थित न्यूलाइट कलेज तथा न्यूू होराइजन कलेज ड्राइभरटोल ,शंकरनगरस्थित शंकरनगर दुर्गादत्त मावि, मणिमुकुन्द कलेज बुटवलमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको थियो । महाअभियानले ५ हजार विद्यार्थीलाई प्रशिक्षण दिने लक्ष्य राखेको छ । विशेषगरी प्लस-टू अध्ययन गर्ने विद्यार्थीहरु कुलतमा बढी फस्ने सम्भावना हुने रहेको बताउँदै सोही अनुसार कक्षा ११ मा पढ्ने विद्यार्थीहरुलाई लागुऔषध सेवन र महिला हिंसा विरुद्ध प्रशिक्षण अभियान सञ्चालन गरेको संस्थाका उपाध्यक्ष मनिष भुसाल  बताए ।
वडा प्रहरी कार्यालय बुटवलको समन्वयमा भएको कार्यक्रममा सोही वडाका इन्सपेक्टर हेम के.सी.ले प्रशिक्षण गरेका थिए । ३ सय बढी विद्यार्थी सहभागी प्रशिक्षण कार्यक्रममा उनले लागुऔषध दुु्रव्यशनको परिचय र यसका असरबारे सचेतना गराउँदै विद्यार्थीहरु सजग रहँदै अरुलाई पनि सचेत गर्न आग्रह गरे । यसैगरी महिला हिंसा मात्र नभई सबै प्रकारका हिंसा बढेको बताउँदै उनले न्यूनिकरणमा सबैको सक्रियता र सहकार्य आवश्यक रहने बताए ।
संस्थाका अध्यक्ष अर्जुन खरेलको अध्यक्षता , वडा प्रहरी कार्यालय बुटवलका इन्सपेक्टर हेम के.सी.को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममाविशिष्ट अतिथि कलेजका प्राचार्य माधब प्रसाद पौडेल  ,महिला नेत्रि देवी वाग्ले  युवा अभियन्ता तथा सन्चारकर्मि आबिश्कार खनाल  लगाएतले बोल्दै युुवा लक्षित कार्यक्रमको सफलताको शुुभकामना दिएका थिए । सस्थाका सचिव सरोज खनालको स्वागतमा र   दिपेन कंडेलको संयोजन र   प्रशिक्षण कार्यक्रमको सञ्चालन निराजन खरेलले गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?