मधेसमा मधेसीकै रगत बगाएर राजनैतिक फाइदा उठाउने लाई इतिहासले माफ गर्ने छैन:अनिता
सारांश
- पूर्वराष्ट्रपति रामवरण यादवपुत्री अनिताले नेताहरुमा मानविय गुण नहुँदा सप्तरी गोलीकाण्ड भएको आरोप लगाएकी छिन् ।
- उनले नेताहरुकै कारण जनताले दुःख पाएको भन्दै स्वार्थका लागि मधेसी दलहरुबाटै निहत्था जनतालाई बली बनाउने काम समेत समेत आरोप लगाएकी छिन् ।
- सोमबार भएको सप्तरी गोलीकाण्डमा प्रतिक्रिया दिँदै उनले मधेस जल्दा पानी हालेर आगो निभाउनु भन्दा तेल थपेर चर्को आगो बनाएर मजा लिने प्रवृति रहेको भन्दै आक्रोश व्यक्त गरेकी छिन् ।
पूर्वराष्ट्रपति रामवरण यादवपुत्री अनिताले नेताहरुमा मानविय गुण नहुँदा सप्तरी गोलीकाण्ड भएको आरोप लगाएकी छिन् ।
उनले नेताहरुकै कारण जनताले दुःख पाएको भन्दै स्वार्थका लागि मधेसी दलहरुबाटै निहत्था जनतालाई बली बनाउने काम समेत समेत आरोप लगाएकी छिन् ।
सोमबार भएको सप्तरी गोलीकाण्डमा प्रतिक्रिया दिँदै उनले मधेस जल्दा पानी हालेर आगो निभाउनु भन्दा तेल थपेर चर्को आगो बनाएर मजा लिने प्रवृति रहेको भन्दै आक्रोश व्यक्त गरेकी छिन् ।
उनले भनेकी छिन्, ‘आफ्नो स्वार्थको लागि चाहे दिल्ली जाऊ या चीन जाऊ । तर निहथ्या मधेशीको बली नचढाउ । नहर, कुलो घोल बनाइ पानी बगाएर अन्न उत्पादन गर्न पर्ने मधेसमा मधेसीकै रगत बगाएर राजनैतिक फाइदा उठाउने लाई इतिहासले माफ गर्ने छैन ।’
उनले लोकतन्त्र नाममा जनतालाई बली बनाएर फोहोरी खेल नलेल्न चेतावनी दिँदै निहत्था मधेसी मारिएको जिम्मेवारी कसले लिने भन्दै प्रश्न तेर्स्याएकी छिन् ।
प्रतिक्रिया