प्रदेश नं २ का राष्ट्रियसभा सदस्यका सबै उम्मेदवार निर्विरोध निर्वाचित
सारांश
- जनकपुर, १४ माघ ।
- २ नम्बर प्रदेशबाट राष्ट्रियसभा सदस्यका आठवटै प्रत्यासी निर्विरोध निर्वाचित भएका छन् ।
- समाजवादी पार्टी नेपालका मोहम्मद अख्तर हुसैनले आइतबार आफ्नो उम्मेदवारी फिर्ता लिएपछि उक्त प्रदेशका आठै सांसद निर्विरोध निर्वाचित भएका हुन् ।
जनकपुर, १४ माघ । २ नम्बर प्रदेशबाट राष्ट्रियसभा सदस्यका आठवटै प्रत्यासी निर्विरोध निर्वाचित भएका छन् । समाजवादी पार्टी नेपालका मोहम्मद अख्तर हुसैनले आइतबार आफ्नो उम्मेदवारी फिर्ता लिएपछि उक्त प्रदेशका आठै सांसद निर्विरोध निर्वाचित भएका हुन् ।
प्रदेश नम्बर २ को राष्ट्रियसभाका लागि अन्य नेपाली कांग्रेसका जीतेन्द्र देव, राजपाका रमेशप्रसाद यादव र एमालेका सुमनराज प्याकुरेल निर्वाचित भएका छन् । भने महिला क्लस्टरमा माओवादी केन्द्रकी शशीकला दाहाल, नेपाली कांग्रेसकी मुक्ताकुमारी यादव र संघीय समाजवादी फोरम नेपालकी प्रमिला कुमारी निर्विरोध निर्वाचित भइसकेकी छिन् ।
त्यसैगरी अल्पसंख्यक/अपाङ्ग क्लस्टरमा राजपाका वृषेशचन्द्र लाल र दलित क्लस्टरमा संघीय समाजवादी फोरमका रामप्रित पासमान निर्विरोध भइसकेका छन् ।
प्रमुख निर्वाचन अधिकृत रामकृष्ण उप्रेतीले निर्विरोध निर्वाचित उम्मेदवारहरुको नाम सोमबार सूचना टाँस गरिने भए पनि निर्वाचन तालिकाअनुसार आठवटै सांसदलाई माघ २४ गतेमात्र प्रमाणपत्र प्रदान गरिने छ ।
प्रतिक्रिया