एमाले नदी हो, यसमा सबै खोला मिसिन्छिन् : प्रधानमन्त्री

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष १४, २०८१
|
|
५४ पटक हेरिएको
Shares
एमाले नदी हो, यसमा सबै खोला मिसिन्छिन् : प्रधानमन्त्री

सारांश

  • काठमाडौं ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले सुन्दर, शान्त र समृद्ध नेपाल बनाउने आफूहरूको साझा उद्देश्य भएको बताएका छन्।
  • नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कार्यालय, च्यासलमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा एमाले अध्यक्ष ओलीले विभिन्न पेसा व्यवसायमा रहेका व्यक्तिहरूको रुचि फरक फरक हुने भए पनि साझा उद्देश्य समृद्ध नेपाल नै भएको बताए।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुन्दर, शान्त र समृद्ध नेपाल बनाउने आफूहरूको साझा उद्देश्य भएको बताएका छन्।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कार्यालय, च्यासलमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा एमाले अध्यक्ष ओलीले विभिन्न पेसा व्यवसायमा रहेका व्यक्तिहरूको रुचि फरक फरक हुने भए पनि साझा उद्देश्य समृद्ध नेपाल नै भएको बताए।

‘एमाले एउटा नदी हो, यसमा सबै खोला मिसिन्छिन्। मौरीको सङ्गत लागेर मौरीको पछिपछि लागेमा फूलबारीमा पुगिन्छ। झिँगाको सङ्गत गरेर उसको पछिपछि लागेमा फोहोरको डङ्गुरमा पुगिन्छ। तपाईंहरुको एमालेमा आउने छनोट सही छ। तपाईंहरु नमूना हुनुपर्छ’, प्रधानमन्त्री ओलीले भने, ‘प्रवेशका माध्यममा पार्टीमा समाहित भएकाहरु सबै मिलेर हामी साझा उद्देश्यका परिवार भएका छौँ। हामीले नेपाल प्रतिभाहरुको देश हो भन्ने कुरा स्थापित गर्नुपर्छ। हरेक पुराना रेकर्डहरु ब्रेक गर्नुछ र नयाँ नयाँ कीर्तिमान कायम गर्दै जानुपर्छ। युवाहरुलाई भड्काउने अनेक जालझेलबाट बच्नुपर्छ।’

प्रधानमन्त्री ओलीले आफूहरुलाई प्रभाव छोड्नपर्ने नभई कामको नतिजा निकाल्नुपर्ने भएकाले साँचो र यथार्थपरक जीवनयापन गर्न आग्रह गरे।

कार्यक्रममा नेपाल जेसिजका निवर्तमान राष्ट्रिय अध्यक्ष रविन पोखरेललगायत युवाहरु एमालेमा प्रवेश गरेका थिए। सो क्रममा ‘मिसेज हेरिटेज इन्टरनेसनल’का विजेता बिभा बस्नेत, युवाहरु शिवानी गौतम, गायत्री बिसीलगायत एमालेमा प्रवेश गरेका थिए। पोखरेल र बस्नेतले दूरदर्शी सोच भएका अध्यक्ष ओली नेतृत्वको पार्टीले देश बनाउने सङ्कल्प बोकेकाले यस अभियानमा आफूहरु सारथि बन्ने उल्लेख गरे।

कार्यक्रममा एमाले उपमहासचिव विष्णुप्रसाद रिमाल, सङ्गठन विभाग प्रमुख काशिनाथ अधिकारी, जनसङ्गठन संयन्त्र इञ्चार्ज भानुभक्त ढकाललगायत उपस्थित थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘कबड्डी ४’ की नायिकाविरुद्ध प्रदर्शन, सार्वजनिक माफी माग्नुपर्ने माग
‘कबड्डी ४’ की नायिकाविरुद्ध प्रदर्शन, सार्वजनिक माफी माग्नुपर्ने माग
लहानमा कांग्रेससँग संघीय समाजवादी फोरमले ८ मतले हारेपछि तनाव
लहानमा कांग्रेससँग संघीय समाजवादी फोरमले ८ मतले हारेपछि तनाव
रुसले बनायो युरोपकै सबैभन्दा अग्लो बुद्धको मुर्ती, त्यो पनि सुनैसुनको !
रुसले बनायो युरोपकै सबैभन्दा अग्लो बुद्धको मुर्ती, त्यो पनि सुनैसुनको !
आइएफआरसीको महासचिवमा पुनः चापागाईं
आइएफआरसीको महासचिवमा पुनः चापागाईं
लिम्वुवान सव कमाण्डर मिलन चौसु सहित १५५ जना एमालेमा प्रवेश
लिम्वुवान सव कमाण्डर मिलन चौसु सहित १५५ जना एमालेमा प्रवेश
के काठमाडौंवासी नयाँ वैकल्पिक शक्ती खोज्दै छन ?
स्थानीय विकासस्तरको निर्माणमा जुट्दै रारा संयूक्त उपभोक्ता समाज
स्थानीय विकासस्तरको निर्माणमा जुट्दै रारा संयूक्त उपभोक्ता समाज
गण्डकी प्रदेशमा बिहीबार सार्वजनिक बिदा
गण्डकी प्रदेशमा बिहीबार सार्वजनिक बिदा
दुर्लभ चरा राजधनेश र राज लाहाचेको संरक्षणमा नगरपालिका
दुर्लभ चरा राजधनेश र राज लाहाचेको संरक्षणमा नगरपालिका
न्यायाधीश कार्की इजलाशबाट बाहिरिएपछि बालुवाटार असन्तुष्ट
न्यायाधीश कार्की इजलाशबाट बाहिरिएपछि बालुवाटार असन्तुष्ट