प्रदेश नं २ का राष्ट्रियसभा सदस्यका सबै उम्मेदवार निर्विरोध निर्वाचित

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ १४, २०७४
|
|
५९ पटक हेरिएको
Shares
प्रदेश नं २ का  राष्ट्रियसभा सदस्यका सबै उम्मेदवार निर्विरोध निर्वाचित

सारांश

  • जनकपुर, १४ माघ ।
  • २ नम्बर प्रदेशबाट राष्ट्रियसभा सदस्यका आठवटै प्रत्यासी निर्विरोध निर्वाचित भएका छन् ।
  • समाजवादी पार्टी नेपालका मोहम्मद अख्तर हुसैनले आइतबार आफ्नो उम्मेदवारी फिर्ता लिएपछि उक्त प्रदेशका आठै सांसद निर्विरोध निर्वाचित भएका हुन् ।

जनकपुर, १४ माघ । २ नम्बर प्रदेशबाट राष्ट्रियसभा सदस्यका आठवटै प्रत्यासी निर्विरोध निर्वाचित भएका छन् । समाजवादी पार्टी नेपालका मोहम्मद अख्तर हुसैनले आइतबार आफ्नो उम्मेदवारी फिर्ता लिएपछि उक्त प्रदेशका आठै सांसद निर्विरोध निर्वाचित भएका हुन् ।

प्रदेश नम्बर २ को राष्ट्रियसभाका लागि अन्य नेपाली कांग्रेसका जीतेन्द्र देव, राजपाका रमेशप्रसाद यादव र एमालेका सुमनराज प्याकुरेल निर्वाचित भएका छन् । भने महिला क्लस्टरमा माओवादी केन्द्रकी शशीकला दाहाल, नेपाली कांग्रेसकी मुक्ताकुमारी यादव र संघीय समाजवादी फोरम नेपालकी प्रमिला कुमारी निर्विरोध निर्वाचित भइसकेकी छिन् ।

त्यसैगरी अल्पसंख्यक/अपाङ्ग क्लस्टरमा राजपाका वृषेशचन्द्र लाल र दलित क्लस्टरमा संघीय समाजवादी फोरमका रामप्रित पासमान निर्विरोध भइसकेका छन् ।

प्रमुख निर्वाचन अधिकृत रामकृष्ण उप्रेतीले निर्विरोध निर्वाचित उम्मेदवारहरुको नाम सोमबार सूचना टाँस गरिने भए पनि निर्वाचन तालिकाअनुसार आठवटै सांसदलाई माघ २४ गतेमात्र प्रमाणपत्र प्रदान गरिने छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज शहीद दिवस, शहीदको सम्झना गरिँदै
आज शहीद दिवस, शहीदको सम्झना गरिँदै
बेइजिङ, हेबेई, टियानजिनमा बाढीबाट उत्पन्न समस्या समाधान गर्न एकसट्ठी करोड डलर
बेइजिङ, हेबेई, टियानजिनमा बाढीबाट उत्पन्न समस्या समाधान गर्न एकसट्ठी करोड डलर
भारतमा एकैदिन २९ हजार भन्दा बढी कोरोना सङ्क्रमित
भारतमा एकैदिन २९ हजार भन्दा बढी कोरोना सङ्क्रमित
नेपालले आयरल्यान्डलाई दियो २६९ को लक्ष्य
नेपालले आयरल्यान्डलाई दियो २६९ को लक्ष्य
मंसिर २४ गते मंगलबारको राशिफल यस्तो छ
मंसिर २४ गते मंगलबारको राशिफल यस्तो छ
राष्ट्रियसभा अध्यक्षका लागि तिमिल्सिनाको उम्मेदवारी दर्ता
राष्ट्रियसभा अध्यक्षका लागि तिमिल्सिनाको उम्मेदवारी दर्ता
इस्लामिक स्टेटका नेता बगदादीको भिडियो सार्वजनिक, इराकमा हारेको बदला श्रीलंकाबाट लिएको दाबी
इस्लामिक स्टेटका नेता बगदादीको भिडियो सार्वजनिक, इराकमा हारेको बदला श्रीलंकाबाट लिएको दाबी
दुर्गममा जानु पर्ने भएपछि सरकारलाई डाक्टरको खडेरी
दुर्गममा जानु पर्ने भएपछि सरकारलाई डाक्टरको खडेरी
काबुल विस्फोटमा १२ जनाको मृत्यु
तीन वटा तरकारी बजार विस्तार गर्न मन्त्री खनालको निर्देशन,यस्तो छ मन्त्रीको निर्देशनको पूर्ण पाठ 
तीन वटा तरकारी बजार विस्तार गर्न मन्त्री खनालको निर्देशन,यस्तो छ मन्त्रीको निर्देशनको पूर्ण पाठ