औपचारिक निम्तो नभई आएकी थिइन् स्वराज!
सारांश
- काठमाडौं, २० माघ- भारतीय विदेशमन्त्री सुष्मा स्वराज आकस्मिक रुपमा बिहीबार नेपाल आइन् र शुक्रबार स्वदेश फर्किइन् ।
- तर उनी कसको निमन्त्रणामा नेपाल भ्रमणमा आएकी हुन् कसैलाई पत्तो छैन ।
- परराष्ट्र मन्त्रालयबाट निमन्त्रणा भएको छैन, मन्त्रालय उच्च स्रोतले भन्यो, भारतको विदेश मन्त्रालयले जुन दिन विदेशमन्त्री स्वराज नेपाल भ्रमणमा आउने भनेर विज्ञप्ति जारी गर्यो परराष्ट्रले पनि औपचारिक जानकारी त्यही दिन पाएको हो ।
काठमाडौं, २० माघ- भारतीय विदेशमन्त्री सुष्मा स्वराज आकस्मिक रुपमा बिहीबार नेपाल आइन् र शुक्रबार स्वदेश फर्किइन् । तर उनी कसको निमन्त्रणामा नेपाल भ्रमणमा आएकी हुन् कसैलाई पत्तो छैन ।
परराष्ट्र मन्त्रालयबाट निमन्त्रणा भएको छैन, मन्त्रालय उच्च स्रोतले भन्यो, भारतको विदेश मन्त्रालयले जुन दिन विदेशमन्त्री स्वराज नेपाल भ्रमणमा आउने भनेर विज्ञप्ति जारी गर्यो परराष्ट्रले पनि औपचारिक जानकारी त्यही दिन पाएको हो । औपचारिक निम्तोबिना नेपाल भ्रमणमा आएको पहिलो घटना हो ।
अहिले परराष्ट्र मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवाले नै सम्हालेका छन् । परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हाले पनि प्रधानमन्त्रीले भ्रमणका लागि निमन्त्रणा पठाउन मिल्दैन ।
समाचारमा लेखिएको छ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका स्रोतका अनुसार प्रधानमन्त्री कार्यालयबाट पनि भारतीय विदशमन्त्रीलाई निमन्त्रणा गएको छैन ।
नेपाल भारत कूटनीतिक सम्बन्ध ७० बर्ष पुग्यो, यो अवधिमा सम्भवतः भारतीय विदेशमन्त्री औपचारिक निमन्त्रणाबिनै नेपाल भ्रमणमा आएको यो पहिलो घटना हो, परराष्ट्र उच्च स्रोतले भन्यो /नागरिक दैनिक
प्रतिक्रिया