सचिवालय बैठक बोलायो नेकपा एसले

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र १४, २०७९
|
|
१६ पटक हेरिएको
Shares
सचिवालय बैठक बोलायो नेकपा एसले

सारांश

  • काठमाडौं ।
  • नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले सचिवालय बैठक बोलाएको छ ।
  • प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’सँगको भेटपछि नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले सचिवालय बैठक बोलाएको स्रोतले जानकारी दियो ।

काठमाडौं । नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले सचिवालय बैठक बोलाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’सँगको भेटपछि नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले सचिवालय बैठक बोलाएको स्रोतले जानकारी दियो ।

स्रोतका अनुसार आज ​१२ बजे बैठक बोलाइएको र बैठकमा सरकारमा सहभागी हुनेबारे छलफल हुने बताइएको छ ।

नेकपा एसलाई प्रधानमन्त्रीले २ वटा मन्त्रालयसहित सहभागी हुन आग्रह गरे पनि उसले गृहसहित ३ वटा दाबी गर्दै आएको छ । तर प्रधानमन्त्री प्रचण्डले गृह आफ्नै पार्टीले राख्ने अडान लिएपछि नेकपा एसले भौतिक पूर्वाधार मन्त्रालयले आफूले पाउनुपर्ने माग गरेको छ ।

बैठकमा सरकारमा कोको जाने भन्ने विषयमा छलफल हुने जनाइएको छ । आजै ४ बजे सत्तारुढ गठबन्धन दलको बैठक पनि बस्दै छ । प्रधानमन्त्री प्रचण्डले आजै सरकार विस्तारको तयारी गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?