सरकारी कार्यालयकाे किर्ते कागज बनाएको अभियाेगमा पत्रकार पक्राउ !

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ १६, २०७५
|
|
४२ पटक हेरिएको
Shares
सरकारी कार्यालयकाे किर्ते कागज बनाएको अभियाेगमा पत्रकार पक्राउ !

सारांश

  • काठमाडौं,  १६ जेठ ।
  • सरकारी कार्यालयको किर्ते कागज बनायर बेच्ने एकजना पत्रकार पक्राउ परेका छन ।
  • महानगरीय प्रहरी अपराध महाशाखाले एक दशकदेखि सरकारी किर्ते कागजात तयार पारी बेचविखन गर्दै आएका पुलेसो डटकमका पत्रकार देवराज साँवद लार्इ पक्राउ गरेको हो ।

काठमाडौं,  १६ जेठ । सरकारी कार्यालयको किर्ते कागज बनायर बेच्ने एकजना पत्रकार पक्राउ परेका छन ।
महानगरीय प्रहरी अपराध महाशाखाले एक दशकदेखि सरकारी किर्ते कागजात तयार पारी बेचविखन गर्दै आएका पुलेसो डटकमका पत्रकार देवराज साँवद लार्इ पक्राउ गरेको हो ।

महाशाखाले दिपक कुमार खत्री र देवराज साँवदलाई पक्राउ गरेको हो । अपराध खबरका अनुसार खत्रीले बागबजारमा यामाटो एजुकेशनल र साँवदले पुतलीसडकमा आर्यन ईन्टरनेशनल एजुकेशनल सञ्चालन गरी किर्ते कागजात तयार पार्ने गरेको महाशाखाको अनुसन्धानबाट खुलासा भएको छ ।

उनीहरुले  सरकारी कार्यालयको विभिन्न कागजात तथा शैक्षिक संस्थाहरुको प्रमाणपत्र र भारतका शैक्षिक संस्थाहरुको प्रमाणपत्रहरु समेत बनाउँदै आएको प्रहरीको भनाई छ । उनीहरुको साथबाट प्रहरीले बिभिन्न सरकारी कागजातहरु, शैक्षिक प्रमाणपत्र, भारतको उत्तर प्रदेशको बिभिन्न ब्यक्तिको नामको शैक्षिक प्रमाणपत्र वरामद गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?