दैलेख दुर्घटनाको छानबिन गर्न समिति गठन

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन १२, २०७४
|
|
२२ पटक हेरिएको
Shares
दैलेख दुर्घटनाको छानबिन गर्न समिति गठन

सारांश

  • सुर्खेत, १२ फागुन, ६ नं प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले दैलेखमा भएको जिप दुर्घटनाको सत्य तथ्यको छानबिनको लागि समिति गठन गर्नुभएकोछ ।
  • मन्त्री भण्डारीले घटनाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको भन्दै बिहीबार साँझको दुर्घटनाबारे छानबिन गर्नका लागि आज एक समिति गठन गर्नुभएको हो ।
  • घटनाको सत्यतथ्य छानबिन गर्न आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव भक्तबहादुर कार्कीको संयोजकत्वमा आठ सदस्यीय समिति गठन गरिएको कानूनमन्त्री भण्डारीले जानकारी दिनुभयो ।

सुर्खेत, १२ फागुन, ६ नं प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले दैलेखमा भएको जिप दुर्घटनाको सत्य तथ्यको छानबिनको लागि समिति गठन गर्नुभएकोछ ।

मन्त्री भण्डारीले घटनाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको भन्दै बिहीबार साँझको दुर्घटनाबारे छानबिन गर्नका लागि आज एक समिति गठन गर्नुभएको हो । घटनाको सत्यतथ्य छानबिन गर्न आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव भक्तबहादुर कार्कीको संयोजकत्वमा आठ सदस्यीय समिति गठन गरिएको कानूनमन्त्री भण्डारीले जानकारी दिनुभयो ।

समितिमा प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरबहादुर वली, सडक डिभिजन कार्यालय सुर्खेतका प्रतिनिधि, यातायात कार्यालयका प्रतिनिधि, जिल्ला प्रहरी कार्यालय सर्खेतका प्रतिनिधि, ट्राफिक कार्यालयका प्रतिनिधि र मन्त्रालयका अधिकृत प्रतिनिधिलाई सदस्य तोकिएको छ ।

समितिले दुर्घटनाका कारण खोजी गरी त्यसको न्यूनीकरण गर्न मन्त्रालयमा सिफारिस सहितको प्रतिवेदन पेश गर्ने र त्यसैका आधारमा आवश्यककार्य गरिने बताइएको छ ।

बिहीबार साँझ दैलेखमा भएको जिप दुर्घटनामा परी चार जनाको मृत्यु भएको थियो भने चारजना गम्भीर घाइते भएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाढीपीडितलाई घर हस्तान्तरण
बाढीपीडितलाई घर हस्तान्तरण
विपद्बाट हुने क्षति न्यूनीकरण गर्न सरकार गम्भीर : गृहमन्त्री थापा
विपद्बाट हुने क्षति न्यूनीकरण गर्न सरकार गम्भीर : गृहमन्त्री थापा
बजार व्यवस्थापन सदस्य अधिकारीको सपथ
बजार व्यवस्थापन सदस्य अधिकारीको सपथ
कार्यकाल १०० दिन पुगेको भन्दै मेयर शाहले सार्वजनिक गरे उपलब्धी
कार्यकाल १०० दिन पुगेको भन्दै मेयर शाहले सार्वजनिक गरे उपलब्धी
रक्सीले मातेर जनप्रतिनिधिले गरे चौकीमा आक्रमण
रक्सीले मातेर जनप्रतिनिधिले गरे चौकीमा आक्रमण
माधव नेपालकै सक्रियतामा रामुकमारी झाक्रीमाथि अन्तरघात
माधव नेपालकै सक्रियतामा रामुकमारी झाक्रीमाथि अन्तरघात
चीनमा कोरोना भाइरसबाट बुधबार मात्रै २४२ जनाको मृत्यु, ४४ हजारबढी संक्रमित
चीनमा कोरोना भाइरसबाट बुधबार मात्रै २४२ जनाको मृत्यु, ४४ हजारबढी संक्रमित
सरकारले ढुङ्गा, बालुवा र गिट्टीको उत्खनन् र बिक्री प्रक्रियाको नियमन गर्नका लागि अनुगमन समिती बनायो
सरकारले ढुङ्गा, बालुवा र गिट्टीको उत्खनन् र बिक्री प्रक्रियाको नियमन गर्नका लागि अनुगमन समिती बनायो
पूर्वराजा ज्ञानेन्द्र शाह दमक पुगेर किन देखाउँछन् सक्रियता?
पूर्वराजा ज्ञानेन्द्र शाह दमक पुगेर किन देखाउँछन् सक्रियता?
हार्ट अट्याकबाट मृत्य भएका रुसी वैज्ञानिक डा.युरीको दिमाग फ्रिजमा
हार्ट अट्याकबाट मृत्य भएका रुसी वैज्ञानिक डा.युरीको दिमाग फ्रिजमा

तपाईंले छुटाउनुभयो कि?