जहाँ काम गर्न निर्वस्त्र हुनुपर्छ, तपाइँ तयार हुनुहुन्छ ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन १९, २०७५
|
|
४२ पटक हेरिएको
Shares
जहाँ काम गर्न निर्वस्त्र हुनुपर्छ, तपाइँ तयार हुनुहुन्छ ?

सारांश

  • एउटा पुरानो भनाइ छ– कमाउ अनि खाउ ।
  • अहिलेको जमानालाई हेर्दा यो भनाइ निकै सटिक लाग्छ ।
  • किनभने दुई छाक रोटी खान कमाउन आवश्यक छ ।

एउटा पुरानो भनाइ छ– कमाउ अनि खाउ । अहिलेको जमानालाई हेर्दा यो भनाइ निकै सटिक लाग्छ । किनभने दुई छाक रोटी खान कमाउन आवश्यक छ । यही कारण यो पापी पेटलाई खुशी राख्न मानिसहरु कस्तो कस्तो काम गरेर पैसा कमाउँछन् । उनीहरुको उद्देश्यले जसरी पनि पैसा कमाएर पेट पाल्ने हुन्छ । आज हामी तपाइँहरुलाई विश्वका यस्ता जागिरका विषयमा जानकारी दिन गइरहेका छौं, जुन कुरा थाहा पाएर तपाइँ छक्क पर्नुहुन्छ । आज हामीले जानकारी दिने काम गर्न सबै कपडा उतार्नु पर्छ । सुन्दा अचम्म लागेपनि यो सत्य हो ।

यस्ता कामको पहिलो नम्बरमा आउँछ टपलेस हाउसमेड । अमेरिकासहित केही युरोपेली शहरमा आजको समयमा टपलेस हाउसमेडको माग धेरै हुने गरेको छ । यी ठाउँमा घरमा काम गर्नका लागि यस्ता हाउसमेड हायर गरिन्छ । जो कपडा उतारेर काम गर्न तयार हुन्छन् । यी ठाउँमा यो एक व्यापार जस्तै हुन थालेको छ ।

बेलायतको राजधानी लण्डनमा एउटा रेस्टुरेन्ट छ, जहाँ प्रवेश गर्न ग्राहकले पहिला आफ्नो कपडा उतार्नु पर्छ । रेस्टुरेण्टमा आउने ग्राहक अलावा यहाँ काम गर्ने कर्मचारी पनि पूरै निर्वस्त्र हुन्छन् । अमेरिकाको राजधानी वाशिंटनमा पनि एउटा यस्तो कफी शप छ, जहाँ कर्मचारी अर्धनग्न भएर काम गर्छन् ।

बेलायतकै शहरमध्ये एक चेल्सीमा एउटा योगा स्टुडियो छ । यो स्टुडियो आफैंमा खास छ । किनभने यहाँ योगा सिक्ने र सिकाउने सबै निर्वस्त्र हुन्छन् । यी बाहेक अमेरिका, अष्ट्रेलिया र युरोपका केही ठाउँमा बागबानीका लागि यस्ता पुरुषलाइ रिक्रुट गरिन्छ जो निर्वस्त्र रुपमा काम गर्न तयार हुन्छन् ।

एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?