मोदीद्वारा अयोध्यामा राम मन्दिर निर्माणको शुभारम्भ

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण २१, २०७७
|
|
२७ पटक हेरिएको
Shares
मोदीद्वारा अयोध्यामा राम मन्दिर निर्माणको शुभारम्भ

सारांश

  • काठमाडौं, २१ साउन ।
  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अयोध्यामा राम मन्दिर निर्माणको शुभारम्भ गरेका छन् ।
  • उनले आज भारतीय समय अनुसार १२ बजेर ४४ मिनेट जाँदा ईंट्टा राखेर शुभारम्भ गरेका हुन् ।

काठमाडौं, २१ साउन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अयोध्यामा राम मन्दिर निर्माणको शुभारम्भ गरेका छन् । उनले आज भारतीय समय अनुसार १२ बजेर ४४ मिनेट जाँदा ईंट्टा राखेर शुभारम्भ गरेका हुन् ।

भुमिपुजामा १५ मिनेट पुजा भएको थियो । पण्डितहरुले श्लोक पढ्दै गर्दा मोदीले पुजा गरेका थिए ।

पुजामा मोदी, उत्तर प्रदेशी गभर्नर आनन्दीवेन पटेल, मुख्यमन्त्री योगी आदित्यनाथ र विश्व हिन्दु महासंघका प्रमुख डा. मोहन भागवत र मन्दिर ट्रष्टका अध्यष नृत्य गोपाल दास सहभागी थिए ।

पुजामा अतिथिका रुपमा १७५ जना मात्र सहभागी थिए । भारतमा बाबरी मस्जिद भत्काइएको स्थानमा अदालतको आदेश अनुसार मन्दिर निर्माण शुरु भएको हो । हिन्दुहरुले झण्डै पाँच सय वर्ष अघि राम मन्दिर भत्काएर बाबरी मस्जिद बनाइएको भन्दै विरोध गर्दै आएका थिए ।
हिन्दु संघ संगठनले श्रीराम मन्दिरलाई सन् १५२८ मा तोडिएको बताउँदै आएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?