कसरी बन्न सफल भए सिन्धुपाल्चोकका कमल भण्डारी , बौद्ध भिक्षु ङवाङ ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन २०, २०७४
|
|
३२ पटक हेरिएको
Shares
कसरी बन्न सफल भए सिन्धुपाल्चोकका कमल भण्डारी , बौद्ध भिक्षु ङवाङ ?

सारांश

  • कहिलेकाँही जिन्दगी अनौठो तरिकाबाट गुज्रदो रहेछ ।
  • यस्तै लाग्छ सिन्धुपाल्चोकका कमल भण्डारीलाई भेट्दा ।
  • सनातन ब्राह्मण परिवारमा जन्मिएका उनले त्यस्तो बाटो रोजे, सायदै उनको पारिवारिक सदस्य वा उनी निकटका कसैले सोचेको थियो, उनको जीवनले त्यो बाटो तय गर्ला भनेर ।

कहिलेकाँही जिन्दगी अनौठो तरिकाबाट गुज्रदो रहेछ । यस्तै लाग्छ सिन्धुपाल्चोकका कमल भण्डारीलाई भेट्दा । सनातन ब्राह्मण परिवारमा जन्मिएका उनले त्यस्तो बाटो रोजे, सायदै उनको पारिवारिक सदस्य वा उनी निकटका कसैले सोचेको थियो, उनको जीवनले त्यो बाटो तय गर्ला भनेर । सिन्धुलाल्चोकस्थित हालको बारविसे नगरपालिकामा करिब ३ दशक अघि जन्मिएका कमलले जब १९ वर्षको उमेर टेके, उनमा एउटा छुट्टै अद्भुत भावना तरंगितभयो । जुन जीवन बाँचीरहेका थिए वा जुन परिवेशमा हुर्किरहेका थिए, उनलाई लाग्यो ‘त्यो मेरो बाटो होइन’। भित्री मनले दरोसँग भन्यो ‘कमल अब तिमीले हिड्ने बाटो अर्कै हो ।’ त्यसपछि टीनएज पार गर्नै लागेका कमलले आफुलाई लामा जीवनमा प्रवेश गराए र, बने भिक्षु ङवाङ ।

 सुरुवाती संघर्ष
कमलको कुरा सुने पछि एकछिन त सतातन धर्मावलम्वी बाबुआमा तीन छकक परे । तर बौद्ध धर्मको ज्ञाताको रुपमा नातेदार दाई पहिले देखि नै आवद्ध थिए । त्यसैले पनि उनलाई रोक्न बाबुआमाले खासै प्रयास गरेनन् । लामा जीवन अपनाउने र बौद्ध शिक्षाको औपचारिक अध्ययन गर्ने हिसावले उनी काठमाडौँ आए । आरुबारीस्थित शाक्य गुम्बामा उनलाई त्यहाँका रिम्पोछेले सहृदयले स्वागत गरे । त्यस्तै थप औपचारिक शिक्षाका लागि भारतको हिमाञ्चल प्रदेशस्थित थुप्तेन नामग्यालिङ समेत पठाए । त्यहाँबाट उनी आचार्य तहको शिक्षा सकाएर अहिले नेपाल फर्किसकेका छन् ।

 जब सिन्धुपाल्चोकबाट काठमाडौँ आए, कहिलेकाँही उनलाई लाग्थ्यो ‘कतै मैले बाटो त बिराइन ।’ तर फेरी उनीभित्रको दृढ संकल्पले उनलाई मजवुत बनाउँथ्यो । बौद्ध धर्म र शास्त्रको अध्ययनमा दत्तचित्त भएर लागि परे । अध्ययन गर्दै जाँदा थाहा पाए, बौद्ध धर्म कुनै जाती विशेषको धर्म होइन रहेछ । सुरुवातीकालमा क्षेत्री ब्राह्मण समुदायका मानिसको पनि बौद्ध धर्मको उत्थान र प्रवद्र्धनमा ठूलै हात रहेको उनले थाहा पाए । त्यस्तै कैयौ ब्राह्मण गुरुहरुले बौद्ध धर्ममा गरेको योगदानको बारेमा थाहा पाए पछि भने उनलाई आफुले रोजेको बाटो शतप्रतिशत सहि लाग्यो ।

भारतबाट अध्ययन सकाएर फर्किएर उनी नेपाल बस्न थालेको ४ वर्ष भयो । विभिन्न सामाजिक गतिविधिमा पनि उनी उत्तिकै सरिक हुँदै आइरहेका छन् । सम्बोटा लिपिमा भएका दोमक लगायतका बौद्ध ग्रन्थहरुलाई नेपाली भाषामा अनुवाद गर्ने कार्यमा पनि उनी केही समयदेखि सक्रिय भइरहेकै छन् ।

विश्वशान्तिका लागि दीपप्रज्ज्वलन  !
अहिले कमल अर्थात लामा ङवाङ दीप प्रज्ज्वलन अभियानमा व्यस्त छन् । विश्व शान्तिको कामना गर्दै उनले देशका सबै जिल्लमा पुगेर दीप प्रज्ज्वलन गर्ने संकल्प गरेका छन् । अहिलेसम्म उनले दुई जिल्लामा दीप प्रज्ज्वलन सकाइ सके । सिन्धुपाल्चोक र चितवनमा उनले हालै यो कार्य सम्पन्न गरिसकेका छन् । भिक्षु ङवाङ हाल नेपाल बौद्ध महासंघको महासचिव पदमा समेत कार्यरत छन् ।

शिखर न्युजका लागि सुरज खड्काको फरक कथा !

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सबै सामुदायिक विद्यालयको व्यवस्थापन समिति भंग
आजको राशिफल
आजको राशिफल
गुठी पक्षधरको माइतीघरबाट सरकारलाई खबरदारी, विधेयक फेरि ल्याउन पाइँदैन
गुठी पक्षधरको माइतीघरबाट सरकारलाई खबरदारी, विधेयक फेरि ल्याउन पाइँदैन
गर्मीका कारण कपिलवस्तुमा ७० वर्षिय वृद्धाको मृत्यु
गर्मीका कारण कपिलवस्तुमा ७० वर्षिय वृद्धाको मृत्यु
३२ तस्बिरमा हेर्नुहोस गाईजात्रामनाउदै तेस्रोलिंगी सुन्दरिहरु
३२ तस्बिरमा हेर्नुहोस गाईजात्रामनाउदै तेस्रोलिंगी सुन्दरिहरु
को हुन नरेश भण्डारी जसले करुवा चिह्न लिएर देउवाकै वडामा जीत हासिल गरे ?
को हुन नरेश भण्डारी जसले करुवा चिह्न लिएर देउवाकै वडामा जीत हासिल गरे ?
सभामुख बनाउन नेम्वाङको ओलीलाई आग्रह
सभामुख बनाउन नेम्वाङको ओलीलाई आग्रह
राष्ट्रपति भण्डारीको चिन भ्रमण सफल, अब सि नेपाल आउँछन् : श्रेष्ठ
राष्ट्रपति भण्डारीको चिन भ्रमण सफल, अब सि नेपाल आउँछन् : श्रेष्ठ
सबैको रक्षा गर्ने पशुपतिनाथ आफै असुरक्षित, लुटियो २३१ रोपनी जग्गा
सबैको रक्षा गर्ने पशुपतिनाथ आफै असुरक्षित, लुटियो २३१ रोपनी जग्गा
राष्ट्रियसभा उपाध्यक्षमा माओवादी केन्द्रकै शशिकला, अझै लागेन मन्त्रीको अन्तिम टुङ्गो
राष्ट्रियसभा उपाध्यक्षमा माओवादी केन्द्रकै शशिकला, अझै लागेन मन्त्रीको अन्तिम टुङ्गो

तपाईंले छुटाउनुभयो कि?