राष्ट्रपति भण्डारीको चिन भ्रमण सफल, अब सि नेपाल आउँछन् : श्रेष्ठ

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख १५, २०७६
|
|
४० पटक हेरिएको
Shares
राष्ट्रपति भण्डारीको चिन भ्रमण सफल, अब सि नेपाल आउँछन् : श्रेष्ठ

सारांश

  • वैशाख १५, काठमाण्डौ ।
  • परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले नेपालको विकासमा चिनिया चासो बढ्दै गएको बताएका छन् ।
  • नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै कुटनीतिज्ञ श्रेष्ठले नेपालका विभिन्न भौतिक पूर्वाधार लगायतका क्षेत्रमा चिनले लगानी बढाउन चाहेको जिकिर गरेका हुन् ।

वैशाख १५, काठमाण्डौ । परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले नेपालको विकासमा चिनिया चासो बढ्दै गएको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै कुटनीतिज्ञ श्रेष्ठले नेपालका विभिन्न भौतिक पूर्वाधार लगायतका क्षेत्रमा चिनले लगानी बढाउन चाहेको जिकिर गरेका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीको चिन भ्रमण जारी नै रहेका बेला श्रेष्ठले चिनसँगको सम्बन्ध मजबुत बन्दै जाँदा नेपालमाथि कसैले पनि नाकाबन्दी लगाउने हिम्मत गर्न नसक्नेसमेत बताए ।

राष्ट्रपति भण्डारीको विआरआई सम्मेलनमा सहभागिताले नेपाललाई धेरै फाइदा हुने श्रेष्ठको तर्क छ ।

चीनको बहुचर्चित एवं महत्वाकांक्षी अन्तर्रा्ष्ट्रिय परियोजना बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) को दोस्रो अन्तरराष्ट्रिय फोरममा नेपालले राखेको प्रस्ताव पारित भएको छ । नेपालको प्रस्ताव समेटिएसँगै अब नेपाल र चीन विगतको भन्दा झन् नजिक बनेका छन् ।

बेइजिङमा शुक्रबार र शनिबार आयोजित बीआरआईको दुईदिने दोस्रो गोलमेच सम्मेलनमा नेपालका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीसमेतको आतिथ्य रहेको थियो । करिब ४० राष्ट्रका राष्ट्र प्रमुख वा सरकार प्रमुखहरुको सहभागिता रहेको दुई दिने सम्मेलनले ३८ बुँदे सामुहिक प्रतिवद्धता सार्वजनिक गरेको छ ।

शनिबार जारी ३८ बुँदे संयुक्त प्रतिवद्धताको परिशिष्टमा तीनवटा विषयलाई समेटेर विभिन्न ६४ वटा परियोजनाहरु उल्लेख गरिएका छन् । तीमध्ये इकोनोमिक कोरिडोर एवं कनेक्टिभिटीसँग सम्बन्धित ३५ वटा परियोजना छन्, जसको २३ औं नम्बर बुँदामा नेपालको प्रस्तावलाई समेटिएको छ ।

श्रेष्ठले अब चिनिया राष्ट्रपति सि जिन पिङले नेपाल भ्रमण गर्ने सम्भावना पनि बढेको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश नं २ मा डेङ्गुले एकको मृत्यु, ७३ सङ्क्रमित
तालिवानद्वारा अफगानी गुप्तचर संस्थामा कार्यरत पाँच अधिकारीको हत्या
तालिवानद्वारा अफगानी गुप्तचर संस्थामा कार्यरत पाँच अधिकारीको हत्या
प्रधानन्यायाधीशको सुनुवाई प्रक्रिया थालियो, उजुरीकर्तालाई वैठकमा जान नदिइने
प्रधानन्यायाधीशको सुनुवाई प्रक्रिया थालियो, उजुरीकर्तालाई वैठकमा जान नदिइने
पतिसँग ‘छुटिएकाे ४ बर्षकाे खुशिमा’ मन्त्री रवीन्द्र अधिकारीले भने– राम्रो भयो !
पतिसँग ‘छुटिएकाे ४ बर्षकाे खुशिमा’ मन्त्री रवीन्द्र अधिकारीले भने– राम्रो भयो !
अस्ट्रेलियाव्यापी नेपाली नृत्य प्रतियोगिता सम्पन्न
अस्ट्रेलियाव्यापी नेपाली नृत्य प्रतियोगिता सम्पन्न
प्रचण्डले मान्लान् ओलीको यस्तो प्रस्ताव ?
प्रचण्डले मान्लान् ओलीको यस्तो प्रस्ताव ?
दुबई विमान दुर्घटना: तीन ब्रिटिश र एक दक्षिण अफ्रिकी नागरिकको मृत्यु
दुबई विमान दुर्घटना: तीन ब्रिटिश र एक दक्षिण अफ्रिकी नागरिकको मृत्यु
कांग्रेस सभापतिहरुको भेलामा ट्रम्प र किमको चर्चा
कांग्रेस सभापतिहरुको भेलामा ट्रम्प र किमको चर्चा
चितुवा आक्रमणबाट ज्यान गुमाएका परिवारलाई राहत
चितुवा आक्रमणबाट ज्यान गुमाएका परिवारलाई राहत
अबको जोखिम : आगलागी, डढेलो, हावाहुरी र चट्याङ
अबको जोखिम : आगलागी, डढेलो, हावाहुरी र चट्याङ