गर्मीका कारण कपिलवस्तुमा ७० वर्षिय वृद्धाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ ८, २०७५
|
|
२२ पटक हेरिएको
Shares
गर्मीका कारण कपिलवस्तुमा ७० वर्षिय वृद्धाको मृत्यु

सारांश

  • माधव बेल्वासे, चन्द्रौटा कपिलवस्तु, ८ असार ।
  •    कपिलवस्तुको कृष्णनगर नगरपालिका ११ वसन्तपुरमा एक वृद्धको गर्मीका कारण मृत्यु भएको छ ।
  • वसन्तपुर वस्ने ७० वर्षिय शुसिला चौबे सोनहवावाट वसन्पुर आउदै गर्दा अत्याधिक गर्मीका कारण सडकमै ढलि वेहोश भएको इलाका प्रहरी कार्यलय कृष्णनगरले जनाएको छ ।

माधव बेल्वासे, चन्द्रौटा कपिलवस्तु, ८ असार ।   कपिलवस्तुको कृष्णनगर नगरपालिका ११ वसन्तपुरमा एक वृद्धको गर्मीका कारण मृत्यु भएको छ ।

वसन्तपुर वस्ने ७० वर्षिय शुसिला चौबे सोनहवावाट वसन्पुर आउदै गर्दा अत्याधिक गर्मीका कारण सडकमै ढलि वेहोश भएको इलाका प्रहरी कार्यलय कृष्णनगरले जनाएको छ । विहिवार दिउसो १ः३० को समयमा चौवे वेहोस भएको जानकारी आएपछी प्रहरी घटनास्थल पुगेको इलाका प्रहरी कार्यलय कृष्णनगरका प्रहरी निरिक्षक सुर्य वहादुर वोगोटीले जनाकारी दिए ।वृद्धको घरनास्थलमै ज्यान गएको वताइएको छ ।

कपिलवस्तुममा अत्याधिक गर्मी वढे सगै विरामीको पनि सँख्या वढेको स्वास्थ्यकर्मीहरुले वताएका छन । गर्मीमा खानपान ध्यान दिनुपर्ने र दिउसो घामको समयमा नहिड्न स्थानिय प्रशसानले आग्रह गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?