प्रिया प्रकाश वारियर को अर्को भिडियो भाइरल
सारांश
- एजेन्सी, २३ वैशाख ।
- यस वर्षकै इन्टरनेट सेन्सेसन बनेकी प्रिया प्रकाश वारियर चर्चामा रहनु अब सामान्य भइसक्यो ।
- तर उनको भिडियो हेर्न उनका फ्यानहरु अझै पनि उत्सुक रहन्छन् ।
एजेन्सी, २३ वैशाख । यस वर्षकै इन्टरनेट सेन्सेसन बनेकी प्रिया प्रकाश वारियर चर्चामा रहनु अब सामान्य भइसक्यो । तर उनको भिडियो हेर्न उनका फ्यानहरु अझै पनि उत्सुक रहन्छन् ।
हालै प्रियाको अर्को भिडियो भाइरल भइरहेको छ । यो भिडियोमा प्रियाले आँखाको जादू देखाएकी छैनन् बरु नाच्ने र गाउने गरेकी छिन् ।
प्रिया अभिनेत्रीसँगै गायिका पनि हुन् । प्रियाले यो गीत बिहेको रिसेप्सन पार्टीमा गाएकी थिइन् । यो पार्टीमा प्रियाको डेब्यू फिल्म ओरु अदार लभ को पूरै टिम थिए । भिडियोमा प्रिया गीत गाउँदै डान्स स्टेप पनि गरेकी छिन् । गुलाबी रंगको सारीमा प्रिया निकै सुन्दर देखिएकी छिन् ।
हेर्नुहोस् भिडियो
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया