यस्तो अवस्थामा भेटिए विप्लव, नेपालकै पहाडी क्षेत्रमा घुम्दै छन् (भिडियो सहित)

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र १४, २०७५
|
|
२१ पटक हेरिएको
Shares
यस्तो अवस्थामा भेटिए विप्लव, नेपालकै पहाडी क्षेत्रमा घुम्दै छन् (भिडियो सहित)

सारांश

  • सरकारबाट प्रतिबन्धित भए पछि नेकपा विप्लव समूहका नेता कार्यकता पक्राउ हुने र भूमिगत हुने क्रम यथावत नै छ ।
  • विप्लव समूहका हेमन्तप्रकाश वली लगायतका ९ जना नेता पक्राउ परिसकेका छन् ।
  • नेत्रविक्रम चन्द विप्लवको खोजीमा सरकार लागिपरहेको छ ।

सरकारबाट प्रतिबन्धित भए पछि नेकपा विप्लव समूहका नेता कार्यकता पक्राउ हुने र भूमिगत हुने क्रम यथावत नै छ । विप्लव समूहका हेमन्तप्रकाश वली लगायतका ९ जना नेता पक्राउ परिसकेका छन् । नेत्रविक्रम चन्द विप्लवको खोजीमा सरकार लागिपरहेको छ । तर अहिलेसम्म विप्लव कहाँ छन् भन्ने सरकारले पत्ता लगाउन सकेको छैन ।

कतिपयले विप्लव भारतमा बसिरहेको अनुमान समेत गरेका छन् । तर केही दिन अघि बोल्ड टिभी नामक एक यूटुयुव च्यानलले विप्लव नेपालकै पहाडी गाउँमा हिडिरहेको दावी गर्दै भिडियो सार्वजनिक गरेको छ । उक्त भिडियोमा उल्लेख गरिए अनुसार विप्लव विभिन्न गोप्य र वैकल्पिक मार्गको प्रयोग गर्दै पहाडी गाउँहरुमा पुगी पार्टी विस्तारमा लागिरहेको दावी गरिएको छ । भिडियोमा विप्लव  रहेको स्थान भने खुलाइएको छैन ।

विभिन्न स्थानमा तालिम, सांगठनिक कृयाकलापको विस्तार गरिरहेको दावी उक्त भिडियोमा गरिएको छ । विप्लवका साथमा खड्गबहादुर विश्वकर्मा प्रकाण्ड लगायतका दर्जनौ नेता पनि रहेको भिडियोमा देख्न सकिन्छ ।

भिडियो

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?