सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेललाई शशांक कोइरालाको व्यंग्य !
सारांश
- काठमाडौँ,१३ जेठ ।
- नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले पार्टीभित्र बढ्दै गएको गुट उपगुटको श्रृङखलाबारे प्रश्न उठाएका छन् ।
- गुटका कारण पार्टी कमजोर भएको भन्दै उनले सबै अन्त्य गर्नुपर्ने बताए ।
काठमाडौँ,१३ जेठ । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले पार्टीभित्र बढ्दै गएको गुट उपगुटको श्रृङखलाबारे प्रश्न उठाएका छन् ।
गुटका कारण पार्टी कमजोर भएको भन्दै उनले सबै अन्त्य गर्नुपर्ने बताए ।
आइतबार नेपाल प्रेस युनियनको २७ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले भने, ‘दुइटा पार्टी एमाले र माओवादी त एक भइसके, हाम्रो चाहिँ पार्टीका दुई गुट दुईतिर किन भइरहने ?’उनले सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेलतर्फ व्यंग्य प्रहार गरेका हुन् ।
उनले पार्टी १४ औं महाधिवेशनको तयारीमा रहेको जानकारी गराउँदै दुई गुट अन्त्य नभएसम्म पार्टी अघि बढ्नै नसक्ने भन्दै गुट अन्त्य गरेर सबल कांग्रेस बनाउनतर्फ लाग्नुपर्ने बताए ।
एकै मञ्चमा रहेका सभापति देउवाले भने एमाले माओवादी मिलेकै कारण चुनावमा कांग्रेसले हार ब्यहोर्नुपरेको पुरानै कुरा दोहोर्याए । उनले नेतृत्वको असफलताले भन्दा पनि दुई पार्टी ९एमाले र माओवादी० मिलेकाले गत निर्वाचनमा कांग्रेसले हार व्यहोर्नुपरेको प्रष्टीकरण दोहोर्याएका हुन् ।
सभापति देउवाले काँग्रेसले सात सालदेखि प्रेस स्वतन्त्रताको सम्मान गर्दै आएको भन्दै प्रजातन्त्रमा प्रेस स्वतन्त्रताको सम्मान र त्यसप्रति प्रतिबद्धता भए मात्रै प्रजातन्त्र फस्टाउन सक्ने मान्यता बोक्ने पार्टी भएको दाबी समेत गरे ।
प्रतिक्रिया