लुम्बिनी प्रदेशसभा अधिवेशन आह्वान, १८ पुसमा बैठक बस्ने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष १४, २०७९
|
|
३१ पटक हेरिएको
Shares
लुम्बिनी प्रदेशसभा अधिवेशन आह्वान, १८ पुसमा बैठक बस्ने

सारांश

  • काठमाडौँ ।
  • लुम्बिनी प्रदेशसभाको अधिवेशन आह्वान गरिएकाे छ ।
  • प्रदेश प्रमुख अमिक शेरचनले पुस १८ गते सोमबार सोमबार दिउँसो १ बजेका लागि अधिवेशन आह्वान गर्नुभएकाे हाे ।

काठमाडौँ ।लुम्बिनी प्रदेशसभाको अधिवेशन आह्वान गरिएकाे छ । प्रदेश प्रमुख अमिक शेरचनले पुस १८ गते सोमबार सोमबार दिउँसो १ बजेका लागि अधिवेशन आह्वान गर्नुभएकाे हाे ।

राप्ती उपत्यका (देउखुरी) को भालुवाङमा निर्मित प्रदेशसभा भवनमा अधिवेशन आह्वान गरिएको प्रवक्ता चिरञ्जिवी पौडेलले बताउनुभएकाे छ ।

प्रदेश सरकार मन्त्रिपरिषदको सिफारिशमा अधिवेशन आह्वान गरिएको हो । त्यस्तै नवनिर्वाचित प्रदेश सांसदहलाई पुस १७ गते शपथग्रहण गराइनेछ । प्रदेशसभा सचिवालय सचिव दुर्लभकुमार पुनका अनुसार पुस १७ गते शपथग्रहण गराउन लागिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?